काठमाडौं । अहिले पनि ट्रम्प र पुटिनका बीचमा जीवन्त कुराकानी चलिरहन्छ । त्यो पहिल्यैदेखि पनि चलिरहन्थ्यो, त्यो उनको बयानले बताउँछ । तर कुरा के भयो भने सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुस र वर्तमान राष्ट्रपति ट्रम्पबीच साँठगाँठ रहेको भनेर निकै बहस चल्यो । विषयमा अनुसन्धान गर्नु पर्ने भयो । अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले ट्रम्पसित बयान लिए ।

हार्दिक शुभकामना !

अनुसन्धान प्रतिवेदनमा ट्रम्प र उनको चुनावी अभियानका सदस्यहरु तथा रुसका लागि काम गर्ने मानिसहरुबीच सघन सम्पर्क भएपनि आपराधिक अभियोग नै लगाउनेगरी कुनै किसिमको साँठगाँठ नरहेको निष्कर्ष सहित उनले आफ््नो प्रतिवेदन बुझाए ।

यसका बारेमा निकै प्रतिक्रियाहरु आए पनि । महान्यायाधिवक्ता विलियम बारले हालै सार्वजनिक गरेको मुल्लरको अनुसन्धान प्रतिवेदनको संशोधित संस्करणमा त्यति आपत्ति जनाएनन् । बरु डरलाग्दो र आपराधिक सँठगाँठ भने नरहेको बताए ।

प्रतिवेदनमा अमेरिकी चुनावलाई प्रभावित पार्ने उद्देश्य लिएका रुसका मानिसहरुले काम गरेको पनि उल्लेख छ । तर त्यसले तात्विक असर पारेको छैन । रुसी र अमेरिकीहरुका बीचमा ‘अनेकौ सम्बन्ध’ देखिएको पनि छ ।

तर पनि मुल्लरको अनुसन्धान प्रतिवेदनमा केही नयाँ कुराहरु पनि सतहमा आएका भने छन् । यद्यपि मुल्लरको प्रतिवेदनमा रुसका लागि काम गर्ने मानिसरुलाई ट्रम्पको चुनावी अभियानले तथ्याङ्क उपलब्ध गराएको विषयलाई रुस र चुनावी अभियानबीच साँठगाँठ रहेको भनिहाल्ने नमिल्ने जनाइएको छ ।

मानिसहरुले आपद त यस कुरामा मानेका छन् कि ट्रम्पको ज्वाइँ पनि यी रुसीहरुसँग निकै निकट रुपमा जोडिएका छन् । उनीहरुबीचको भेटवार्ता कस्तो प्रकृतिको थियो भन्ने यकिन गर्न नसकिए पनि ट्रम्पका ज्वाइँले भने नाकाबन्दी र व्यापारिक विषयमा कुनै किसिमको कुरा नउठेको बयान दिएका छन् ।

चुनावी अभियानमा चुनावका क्रममा विदेशी सहयोग लिन नपाइने नियम उल्लङ्घन गरेपनि त्यसलाई रुस र ट्रम्पबीच साँठगाँठ रहेको भन्ने नहुने जनाइएको छ ।

तर विपक्षी डेमोक्य्र्राटहरु भने यस विषयलाई लिएर निकै तातिएका छन् । उनीहरु यो घटनालाई ट्रम्प र रुसबीच साँठगाँठको प्रमाणको रुपमा पेश गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर