दैलेख । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का दिवंगत पोलिटव्यूरो सदस्य हर्कबहादुर शाहीको आइतबार श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । क्रान्तिकारी माओवादी दैलेखको आयोजनामा जिल्लाको चामुण्डा विन्द्रासैनी नपा वडा नं. ४, बुढेलीस्थित प्रस्तावित जनता माविको प्राङ्गणमा सम्पन्न श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्ने वक्ताहरु हर्कबहादुर शाहीले दैलेखको कम्युनिस्ट आन्दोलनमा र समग्र नेपालको कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

हार्दिक शुभकामना !

दिवंगत नेता शाहीप्रति १ मिनेट मौनधारण र शाहीको फोटोमा माल्र्यापण गरी सुरु भएको श्रद्धाञ्जली सभामा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीस, केस तथा कर्णाली प्रदेशका पार्टी सचिव चक्रपाणी शर्मा, केस कृष्ण गुरुङ, वडा अध्यक्षहरुको तर्फबाट निरजबहादुर शाही, नेमकिपाका पूर्व वैकल्पिक केस पूर्णबहादुर शाही, विवेकशील साझाको तर्फबाट कमलापति सुवेदी, महिलाहरुको तर्फबाट कमला चन्द, चामुण्डाविन्द्रसैनी नपाकी उपप्रमुख तारा शाही, प्रदेशसभा सदस्य भीमबहादुर शाही, पहिलो संविधानसभा सदस्य जग्यबहादुर शाहीलगायतले दिवंगत नेता शाहीप्रति श्रद्धाञ्जली मन्तव्य दिंदै उहाँका योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रमको अन्तमा बोल्दै दिवंगत नेता शाहीका छोरा तथा क्रान्तिकारी माओवादीका केस एवम् दैलेख जिल्लाका इन्चार्ज समेत रहेका नेता दिपक शाहीले बुवाको सम्झना र सम्मानमा ‘हर्कबहादुर शाही फाउन्डेसन’ निर्माण गर्ने र ५ लाख बराबरको कोष फाउन्डेसन नाममा जम्मा गर्ने घोषणा गरे । सभाको सञ्चालन मोहन शाहीले गरेका थिए भने सभाको सुरुमा उनले क. हर्कबहादुर शाहीको संक्षिप्त परिचय पढेर सुनाएका थिए । सभामा वक्ताहरुले मृत्यु संस्कार परम्परागत रुपमा भन्दा पनि समयानुकूल परिवर्तन गर्दै लैजानु पर्ने धारणा समेत राखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर