जनविद्रोह नेकपा (क्रान्तिकारी माओवादी) आगामी संघर्षको राजनीतिक, वैचारिक तथा सामरिक महत्वको कार्य दिशा हो । यसमा नेपालमा पछिल्ला समयमा विकास भएका आत्मगत तथा वस्तुगत विशेषताहरुको केही नयाँ रुपमा पहिचान र सम्बोधन भएको पनि पाइन्छ । जनविद्रोह नै अहिलेको उचित एवम् वस्तुवादी कार्यदिशा पनि हो ।यसका कार्यान्वयन पक्ष निकै नयाँ, आधुनिक खालको र थप केही नयाँ प्रयोगसहितको कलात्मक हुने कुरामा कुनै आशंका पनि छैन ।

हार्दिक शुभकामना !

यसले विचार, नेतृत्व, संघर्षको स्वरुप तथा त्यसको कार्यान्वयनका लागि त्यसै अनुरुपको सांगठनिक ढाँचा र नीति तथा कार्यक्रमको माग पनि गरेको छ । सिंगो पार्टीको रुपान्तरणको जोड पनि यसैमा केन्द्रित हुनु जरुरी छ ।यसका लागि विगतको समीक्षा एक अनिवार्य शर्त हो । विनासमीक्षा र शिक्षा, फेरि त्यो पनि आफ्नै भूभिमा आफैले लडे/गरेको कार्यको त झनै जरुरी पर्छ पनि । यसमा हामी माओवादीहरुको ध्यान गम्भीरताकासाथ जानु जरुरी छ । समीक्षा विविधतामा पनि र समग्रतामा पनि हुनु जरुरी छ ।   जनयुद्ध सुरु गर्दा गरिएका केही महत्वपूर्ण संश्लेषणहरुको फेरि पनि थप समृद्धिका लागि घोत्लिनु पर्छ । मार्क्सवाद–लेनिनवाद–माओवाद विचारको आलोकमा जनयुद्ध गरिएको थियो ।

यसको उद्देश्य देशमा आमूल परिवर्तन ल्याउनु थियो । यो वैचारिक संघर्षमा तात्कालीन पार्टी एकताकेन्द्र आफैमा निकै विभाजित भयो पनि । बहसका क्रममा जनयुद्ध कि जनविद्रोह भनेर छलफल पनि भए । निर्मल लामा यसै बहसबाट पार्टीबाट बाहिरिएका थिए । पछि विचार संश्लेषण माओवादमा भएपछि मार्क्सवाद–लेनिनवाद–माओवाद विचारअनुसार पार्टीको नाम पनि नेकपा (माओवादी) राखिएको थियो ।  देशमा पुँजीको विकास नभएको र सामन्ती उतपादन प्रणालीमा आधारित भएको र सरकार प्रमुख पनि सामन्तका नाइके राजा नै रहेकाले नयाँ जनवादी क्रान्तिको बाटो नै नेपालका लागि उत्तम थियो । संश्लेषण पनि त्यही नै भयो । सशस्त्र वा जनविद्रोहका लागि त्यतिबेला कुरा गर्नु छद्म कुरा गर्नु र क्रान्ति वा वर्ग संघर्ष नगर्नु नै थियो । त्यो लाइन त्यतिबेला पराजित भएको थियो ।

आश्चर्यको कुरा त के पनि रह्यो भने सशस्त्र जनविद्रोहको वकालत गर्ने लामाजीहरुले उक्त मोडलको विद्रोहको कहिल्यै पनि तयारीसम्म गरेनन् । प्रयोगमा जाने त सपनाको कुरा जस्तै भयो । यो आफैमा वर्ग संघर्ष भएकाले यसको उद्देश्य पनि वर्गीय राज्य व्यवस्था स्थापना गर्नु थियो । यसको उद्देश्य संसदीय व्यवस्थाको अन्त्य गरेर जनवादी गणतन्त्र स्थापना गर्नु थियो । संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी व्यवस्था नै भएको घोषणासहित जनयुद्ध सुरु गरियो । त्यतिबेलाको विशिष्टतामा गाउँ र सहरबीचको भेद, प्रचारात्मक र घनिभूत संघर्षका क्षेत्रहरुबीचको भेद, जनता र कार्यकर्ताहरु बीचको भेद, सामान्य कार्यकर्ता र लडाकु दस्ताहरुबीचको भेद र विशेषताहरुमा अन्तर र अन्तरसम्बन्धबारे सबैलाई प्रशिक्षित गरियो ।

यसले सोच, विचार र संगठन तथा जनपरिचालनमा निकै ठूलो मद्दत पुर्यायो । देशमा जनयुद्धको तरंग फैलँदै जाँदा माओवादीहरुको भौतिक उपस्थितिलाई पनि जोड दिइयो । कार्यकर्ताहरुको अन्तर जिल्ला कार्य विभाजन भए । देशमा जहाँ पनि गएर काम गर्ने भावनाको किास भयो । क्रमशः लडाकु दस्तामा आकर्षण बढ्दै गयो । यो एउटा अनिवार्य युद्धजीवन शैली पनि थियो र सहज पनि बन्दै गयो । यो त पछि आएर एक सामान्य जीवनपद्धतिका रुपमा विकास भएर पनि गयो । यसले माओवादीको जननीति व्यवहारिक र वैज्ञानिक भएको कुरालाई पष्टि गर्छ ।संघर्षका कार्यक्रमहरु पनि आवश्यकता अनुसार एकअर्काका परिपूरक बनाएर लगियो ।

स्थानीय फटाहमाथिको कारबाहीसँगै नेपाल बन्दको आयोजनासम्म गरियो । मशाल जुलुशसँगै गाउँमा सशस्त्र प्रदर्शन पनि गरियो । साना एम्बुसहरुसँगै पुलिस चौकीहरुमाथि पनि आक्रमण गरियो । वर्गसंघर्षले यो अद्वितीय उचाइ चुम्दा अन्तरसंघर्ष र आत्म संघर्षले पनि उत्तकै उचाइ कायम गरे ।नेता तथा कार्यकर्ताहरु मर्नबाट एकरत्ति पनि डराएनन् । बलिदानका लागि ताँती लाग्न थाल्यो । जनतामा पनि युद्धमा हुने मृत्यु एक भयानक र अपाच्य जस्तो नभएर सामान्य बन्दै गयो । बलिदान जनताको तर्फबाट पनि सचेत रुपमा हुँदै जान थाल्यो । यसले गर्दा पार्टीका नेता तथा कार्यकर्ताहरुमा भयको नामोनिशान नै रहेन । एक पछि अर्को गरी जुझारु शक्तिको बिस्तार हुन गयो ।

सबैको सोचाइमा मुक्ति या मृत्युको कुरा बाहेक अरु केही रहेन । युद्ध अपरिहार्य भयो, युद्ध वास्तविक जनयुद्धमा परिणत हुन गयो । संघर्षबाट संघर्ष सिक्ने वा युद्धबाट युद्ध सिक्ने कुरा र कलालाई सबैले आफ्नो सकता र क्षमताअनुसार लागू गर्दै गए । संघर्षका हिसाबले यो रणनीतिक रक्षा, रणनीतिक सन्तुलन र रणनीतिक प्रत्याक्रमणका हिसावले अघि बढ्नु थियो । तर केवल रणनीतिक रक्षा र रणनीतिक सन्तुलनबाट मात्र सफलतापूर्वक अघि बढ्यो । र, रणनीतिक प्रत्याक्रमणको चरणको तयारी त गरिन थालिएको थियो, तर पूर्ण रुपमा रणनीतिक चरणको लडाइँ लडिएन । मुख्य वैचारिक नेतृत्वको भारतमा गिफ्तारीपछि तात्कालिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई चलाउन होइन, घिसार्न थाले ।

चुनवाङबाट लोकतान्त्रिक गणतन्त्रको संसदवादी बाटोमा हिंडाए । वृहत् शान्तिसम्झौताको नाममा संसदभित्र ल्याए । यति बेला जनयुद्ध, जनसेना, जनअदालत, क्रान्तिकारी पार्टी सबै पेन्डिङमा राखे र क्रमशः बिघटन गर्दै लगे ।पछि क. किरण र क. गौरव जेलबाट छुटेपछि पार्टीमा विचार वा लाइन संघर्ष चल्यो । विचार समूह बनाएर विचार संघर्ष चलाएर आखिर दाहाल–भट्टराईको दक्षिणपन्थी संशोधनवादी चंगुलबाट क्रान्तिकारीहरुको बीऊ जोगाउने काम भयो । पछिल्लो चरणमा विप्लव र बादलहरु यो क्रान्तिकारी पार्टी छाडेर गए पनि यसले आफ्नो विचार अनुसारको कार्यक्रमहरु निर्माण गरेर सफलतापूर्वक अघि बढिरहेको छ ।

अहिले नेकपाको दुईतिहाईको ओली सरकार राष्ट्रघाती, जनघाती तथा जनविरोधी कामहरुमा निर्लिप्त भएर लागि परिरहेको छ । मधेश टुक्र्याउन हिंडेका सीके राउतसँग राष्ट्रघाती सम्झौता गर्न पुगेको छ । विप्लवद्वारा नेतृत्व गरिएको नेकपामाथि प्रतिबन्ध लगाएको छ । रेशम चौधरीहरुलाई आजीवनको काराबासको सजाय सुनाएको छ । देश र देशका जनतामाथि जबर्जस्त युद्ध थोपरेको छ ।

यसले सशस्त्र जनविद्रोहको वातावावरणलाई परिपक्व बनाउँदै लगेको छ । जनविद्रोह अवश्यंभावी हुँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार