देजमो ५ नं. प्रदेशको सम्मेलनको उद्घाटन समारोह भव्य रुपमा सम्पन्न

प्रकाशित मिति : २०७५ चैत्र ५


नेपालगञ्ज । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ५ नं. प्रदेशको सम्मेलनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न भएको छ । बाँकेको नेपालगञ्जमा एक भव्य सभाका बीच मोर्चाका केन्द्रीय सचिव परि थापाले प्रमुख अतिथिको रुपमा सम्मेलनको उद्घाटन गरे ।


मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा ५ नंं प्रदेशका संयोजक केवी गुरुङको अध्यक्षता तथा नेता हिरामणि दु्ःखीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य प्रेम सुवेदी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का महासचिव धनेश्वर पोखरेल, पार्टी केस तथा बाँके–बर्दिया इन्चार्ज संकुल, क्रान्तिकारी पत्रकार महासंघका कार्यालय सदस्य लोकराज जैसी लगायत अन्य जबस मोर्चाका केन्द्रीय नेताहरुले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

भोलि विहानबाट बन्द सत्र सुरु हुने र त्यसैले नयाँ नीति र नेतृत्व चयन गर्ने सम्बद्ध स्रोतले दावी गरेको छ ।