सप्तरीको सुरुंगा नगरपालिकाको शिशुवारी र दौलतपुरमा कोणसभा सम्पन्न

प्रकाशित मिति : २०७५ फाल्गुन ११

सप्तरी । मेचीमहाकाली जनजागरण अभियान अन्तर्गत शनिवार सप्तरीको सुरुंगा नगरपालिका शिसौबारीमा कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गरेका थिए । उक्त सभालाई देजमो प्रदेश सचिव रामनारायणसिंहले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन मोहनसिंह तामाङले गरेका थिए ।

 

त्यसपछिको दोस्रो कोणसभा सुरुंगाको दौलतपुरमा सम्पन्न भएको थियो । दौलतपुरको कोणसभालाई प्रदेश नम्बर २ का सेक्रेटरी कृष्णदेवसिंहले संबोधन गरेका थिए ।

साथै, सम्बोधनका क्रममा देजमो प्रदेश संयोजक कमल चौधरीले पनि उक्त कोणसभालाई सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन मोहनसिंह तामाङले गरेका थिए ।

शनिवार शिसौबारी र दौलतपुर गरी सप्तरी जिल्लाको दुई ठाउँमा कोणसभा सम्पन्न भएको थियो ।