खजुराको सिमलघारीमा कोणसभा सम्पन्न

प्रकाशित मिति : २०७५ फाल्गुन ११

बाँके । बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. ६ को सिमलघारीमा शनिवार साँझ एक कोणसभा भव्यरुपमा सम्पन्न भएको छ । मेचीमहाकाली जनजागरण अभियान अन्तर्गत् त्यहाँ अभियान टोली पुगेपछि उपस्थित स्थानीय जनता कोणसभामा सहभागी भएका थिए ।

सभालाई अभियानका नेता परि थापा, धनेश्वर पोखरेल, हिरामणि दुखी र भुपेन्द्र न्यौपानेले सम्बोधन गरेका थिए । देजमो बाँके जिल्ला अध्यक्ष सुरेश ओलीको अध्यक्षतामा सम्पन्न उक्त कोणसभामा प्रेम थापाको स्वागत भाषण र अर्जुनको सन्चालन रहेको थियो ।