यो बुर्जुवा गणतन्त्रको लागि जनयुद्ध भएको थिएन, अब जनविद्रोहबाट जनगणतन्त्र ल्याइन्छ : प्रतिक

यो बुर्जुवा गणतन्त्रको लागि जनयुद्ध भएको थिएन, अब जनविद्रोहबाट जनगणतन्त्र ल्याइन्छ : प्रतिक

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) उदयपुरले २४ औं जनयुद्ध दिवसको अवसर पारेर पार्टीको दोस्रो जिल्ला भेला सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम गाईघाटमा सम्पन्न भेलाले शंकरको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रतिकको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा पार्टी केस तथा उदयपुर जिल्ला इन्चार्ज मीनकुमार, केस अमर, निवर्तमान सेक्रेटरी संरचना लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्र्दै प्रमुख अतिथि प्रतिकले अहिलेमुलुकमा भएको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताए । उनले वर्तमान सरकार भ्रष्टाचारको दलदलमा फसेको र यसले जनविरोधी तथा राष्ट्रविरोध गतिविधिको चाङ लगाइरहेको भन्दै यो सरकार तथा व्यवस्थाका विरुद्ध जनताले विद्रोह गर्न थालेको र जनताको त्यस्तो विद्रोहको नेतृत्व क्रान्तिकारी माओवादीले गर्ने दावी गरे । दशवर्षसम्म जनयुद्ध बुर्जुवा गणतन्त्रका लागि नभएर जनगणतन्त्रका लागि भएको स्मरण गर्दै प्रतिकले अब जनविद्रोहमार्फत् देशमा जनगणतन्त्रको स्थापना हुने विश्लेषण गरे ।
भेलालाई केसहरु मीनकुमार र अमरले पनि सम्बोधन तथा शुभकामना दिएका थिए । भेलामा जिल्लाभरिबाट प्रतिनिधि पर्यवेक्षकहरुको उपस्थिति रहेको थियो ।