२४ औं जनयुद्ध दिवसमा क्रान्तिकारी माओवादीद्वारा वक्तव्य जारी : ‘माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा नेपाली क्रान्तिको विजय अपरिहार्य’

माेहन वैद्य ‘किरण’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ ले महान जनयुद्धको २४ औं दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै आदरणीय जनसमुदाय, शुभेच्छुक मित्रहरु, सम्पूर्ण पार्टी कमरेडहरु र भाइचारा पार्टी तथा संगठन र विश्व सर्वहारा वर्गप्रति न्यानो शुभकामना र लाल सलाम अर्पण गरेका छन् । वक्तव्यमा भनिएको छ, “चौबीसौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान अर्पण गर्दछौं । साथै, हामी घाइते तथा अपाङ्ग योद्धाहरुको ससम्मान उच्च कदर गर्दछौं ।”

दशवर्षे महान जनयुद्धको बारेमा वक्तव्यमा भनिएको छ, “तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गते नेपालमा महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको थियो । अहिले हामी इतिहासका जटिल आरोह अवरोहका प्रक्रिया र गम्भीर धक्काका बीचमा चौबीसौं जनयुद्ध दिवस मनाउ“दै छौं । महान् जनयुद्धको प्रक्रियामा हजारौं अमर सहिद तथा बेपत्ता योद्धाहरु, जनमुक्ति सेनाका वीर योद्धाहरु र जनसमुदायद्वारा प्रस्तुत त्याग, वीरता तथा बलिदानका अद्भूत कीर्तिमान अविस्मरणीय रहेका छन् । त्यस्तै, विश्व सर्वहारा वर्ग र जनसमुदायले गरेका समर्थन, सहयोग र सहानुभूति पनि अविस्मरणीय रहेको छ ।”

महासचिव किरणको वक्तमा अगाडि भनिएको छ, “नेपालमा सञ्चालित महान् जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर गएको छैन र तिनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेका छन् । जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हु“दै पश्चगमनको बाटो पकडे पनि सच्चा क्रान्तिकारी कम्युनिस्टहरुद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखिएको छ । हाम्रो पार्टी महान् जनयुद्धको चौबीसौं वर्ष प्रवेशको यस ऐतिहासिक अवसरमा नेपालमा नया“ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादको सर्वोच्च आदर्श प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछ ।”

फागुन १, २०७५ को मितिमा जारी वक्तव्यको अन्तमा भनिएको छ, “क्रान्तिको प्रक्रियासँगसँगै दलाल तथा नोकरशाही पु“जीवाद, साम्राज्यवाद, विस्तारवाद तथा सबैखाले प्रतिक्रियावाद र संशोधनवादद्वारा निरन्तर प्रतिक्रान्तिको प्रक्रिया जारी रहनेछ । परन्तु, ती सबैको सामना गर्दै अन्ततः माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा नेपाली क्रान्ति र विश्व क्रान्तिकै विजयसमेत् अपरिहार्य छ ।”