कुनै पनि धमनीमा शतप्रतिशत अबरोध भई मुटुको मांसपवेशीले काम गर्न नसक्नु र सो भागको मृत्यु हुनु नै हृदयघात हो । मुख्यतः मुटुको देब्रेतिरको मुख्य धमनीमा अबरोध भएमा सो हृदयघात प्राणघातक पनि हुन सक्छ ।
जीवनशैली र खानपानका कारण आजभोली सबै उमेरका मानिसमा हृदयघातको जोखिम बढ्दो छ । एक्लै भएको अबस्था वा अस्पतालको पहुँचबाट टाढा भएको बेला हृदयघात भएमा जोखिम उच्च हुने गर्दछ । यस्तो अवस्थामा छोटो समयमा अस्पताल पुर्याउनु पर्ने हुन्छ । यस्तो बेलामा बिरामीलाई धेरै गाह्रो हुन्छ । तसर्थ बिरामीसँगै सबैले संयमता अपनाउनु पर्छ ।
अचानक बायाँ छाती दुख्यो र दुखाई बढ्दै गएर पाखुरा हुँदै बंगारासम्म पुग्यो भने हृदयघात भएको भन्ने थाहा पाउनुपर्छ । करिब १० सेकेन्ड मात्र यस्तो हुन्छ । यस्तो अबस्थामा नआत्तिकन यथास्थानमै बस्नुपर्छ ।
बिस्तारै नाकको दुबै प्वालबाट लामो र गहिरो श्वास लिनुपर्छ । अनि जोडले आबाज निकाल्दै पेट हल्लिने गरी खोक्नुपर्छ । चिकित्सककहाँ नपुगुन्जेलसम्म गहिरो श्वास लिने र खोक्ने गरिरहेमा ज्यान जोगिने सम्भावना अधिक हुन्छ ।































