काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भूकम्प पीडितका लागि ऐलानी जग्गा दिलाउन आफूले पहल गर्ने बताएका छन् । चितवन जिल्ला समन्वय समितिको आयोजनामा भएको एक कार्यक्रमलाई संबोधन गर्दा उनले सो कुरा बताएका हुन् । उनले यसो बताइरहँदा उपस्थित सहभागीहरु आश्चर्यको हाँसो हाँसिरहेका थिए ।

हार्दिक शुभकामना !

उनले उक्त कार्यक्रममा पुनर्वास, नयाँ बसोबास, ऐलानी जग्गा आदि जस्ता विषयहरु राष्ट्रिय पुनर्निर्माण प्राधीकरणले गर्न नसक्ने बताउँदै यो कुरा क्याबिनेटमा लैजाने र पास गराउने बताएका थिए । यो कुरा संवेदनशील र गम्भीर भएको भन्दै उनले दुईतिहाई सरकारको पालामा यी सबै पास गराउने आश्वासन पनि दिएका थिए ।

पुनर्निर्माणका लागि भनेर अघि सारिएका ओली सरकारका योजनाहरु सबै अलपत्र परेका छन् । विदेशीले दिएका अनुदान सबै सरकारी पार्टीका नेताहरु र मन्त्रीहरुले मिलेर स्वाहा पारेपछि पुनर्निर्माणको काम त्यत्तिकै असरल्ल परेको हो ।

आजसम्म पहिलो र दोस्रो चरणका भनी अघि सारिएका पुनर्निर्माणका कामका लागि विदशीको अनुदान र ऋणसहयोग पनि सकिएकाले दाहालको सरकार नयाँ वस्ती र नयाँ माटो बिक्रिका लागि देश दौडाहमा उत्रिएको छ । जंगल फँडानी गर्ने, नयाँ बस्ती बसाउने, काठ तस्कर र भूमाफियाहरु पोसाउने र कमिसन उठाउनेमा यिनीहरुको दृष्टि परेको देखिन्छ ।

माओवादी युद्धकालमा कब्जा गरिएका भनिएका जग्गाहरु रातारात खर्बौको कमिसन लिएर किसान तथा सुकुम्बासीहरुलाई जग्गा छाड भन्दै हेलिकप्टरमा उडेर पुग्ने दाहाल जग्गाको मोलमोलाई र भूमाफियासँग निकै परिचित छन् ।

भूकम्प पीडितहरुको घरबासको योजना अधूरै राखेर थप नयाँ बस्ती र त्यो पनि अझ ऐलानी नै उपलब्ध गराउने र रुख कटानी गरी काठ तस्करी गर्नेमा उनी मसक्क आँटेर लगेका देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर