काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शबबाट निकालिएको भनिएको ‘भेजिनल स्वाब’ नक्कली भएको ठहर हुन आएको छ । यसको सक्कलीपना र वैधानिकतामा उनका आफन्त र स्थानीय जनताले सुरुदेखि नै शंका जाहेर गर्दै आएका थिए । तर निर्दोषहरुलाई समाउने र अपराध स्वीकार गर्न लगाउने काम प्रहरीले गर्दै आएको थियो, जो एकएक गरी झुट्टा साबित हुँदै आए ।

हार्दिक शुभकामना !

तर प्रहरीले नक्कली काम गर्न छाडेन । गर्दागर्दा गृहमन्त्रालयको आदेशमा सीआईबी पनि अनुसन्धानका लगि पठाइयो केन्द्रीय अनुसन्धान टिम बनाएर । तर यसले पनि कुहिरोमा निकै नक्कली उडानहरु भर्यो । आफ्नै बेइज्जत गर्यो ।

अहिले बल्ल मुख खोल्न बाध्य भएको छ कि आजसम्म करोडौं खर्च गरेर निकै मेहनतका साथ गरिएको भनिएको अनुसन्धान र डीएन्ए परीक्षण सबै बनावटी र नक्कली थिए भनेर । किनकि, निर्मलाको भेजिनल स्वाब नै पठाइएको थिएन । अहिले प्रमाण जुटाउन केही पनि हात नलागेपछि निर्मलाकी आमा दुर्गादेवी पन्तको रगत क्रस चेकका लागि नमुना लिइएको छ । आमाको त्यो रगतको नमूना छोरीको भनी पठाइएको नककली भेजिनल स्वाबसँग क्रसचेक गरिने छ ।

यो क्रसचेकमा आमाबाट लिइएको रगत र निर्मलाको भनी पठाइएको नक्कली ‘भेजिनल स्वाब’ मेल खाने कुरै छैन । तयसपछि निर्मलाको बलातकार र दोषीको खोजीको प्रमाण सबै नष्ट भएको मानिने छ । र, अरु फेक अनुसन्धानहरु अघि बढाएको देखाइने छ ताकि जनतामा खोजी भएरहेको छ भन्ने भ्रम परिराखोस् । निर्मलाकी आमाबाट लिइएको नमूना रगत पनि प्रहरीले साटेर अरुको रगत दिन सक्छ । यसमा पनि कुनै विश्वास र भरोसा छैन । केन्द्रीय अनुसन्धान भनिएको टिम र सीआईबीले हावा खाएपछि थप अनुसन्धानका लागि स्थानीय कञ्चनपुर प्रहरीलाई थप अनुसन्धान गर्न भनी आह्राइएको छ । यो टार्नका लागि मात्र भएको आफैमा स्पष्ट छ ।

स्मरण रहोस् निर्मलाकी आमाले आफ्नो रगतमार्फत् निर्मलाको भेजिनल स्वाबको वैधानिकता चेकजाँच गरी पाऊँ भनी निवेदन दिएपछि मात्र प्रहरी उनको रगतको नमुना लिन बाध्य भएको हो । तर निर्मलाकी आमाको रगत सुरक्षित साथ जाँच गरिन्छ र त्यसलाई क्रसचेक गरिन्छ भन्ने कुरामा जिम्मा र विश्वास कसको रहने ? नमूना रगत लिएको प्रहरीले बुधबार नै दुर्गादेवीको डीएनए जाँचका लागि रगतको नमुना लिएर महाकाली अञ्चल अस्पतालमा बुझाएको भनेको छ । त्यो बुझायो वा बुझाएन, विश्वास गर्ने आधार छैन ।

सबैको चासो र चिन्ताको विषय बनेको निर्मला बलात्कार र हत्या जस्तो गंभीर विषयमा भइरहेको छाबिनका लागि ‘भेजिनल स्वाब’ सँग क्रसचेक गर्न भनी लिइएको निर्मलाकी आमाको रगत नमूनाबारे नेपाल प्रहरीकै केन्द्रीय कार्यालमा कुनै पनि आधिकारिक जानकारी कञ्चनपुर प्रहरीले पठाएको छैन ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्टलाई अनुसन्धानमा लापर्बाही गरेको र सुरु प्रमाण नष्ट गरेको भनी छानबिन अगावै सेवाबाटै बर्खास्त गरी अनुसन्धानको प्रक्रियाबाट पाखा लगाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर