ह्वेल माछा सिकार खुला गर्दै जापान

प्रकाशित मिति : २०७५ पुस १२

काठमाडौं । जापानले अबदेखि ह्वेल माछाको सिकार गर्ने बताएको छ । ह्वेल माछाको सिकार नगरी संरक्षणगर्ने नीति लिएको जापान हाल उक्त नीतिबाट पछाडि हटेको छ । यसले प्राणीविदहरु माझ चिन्ता उत्पन्न गराएको छ ।

माछा र यसबाट बनाइएका विभिन्न परिकारहरु नै दैनिक आहाराको स्रोत बनाएका जापानीहरु पछिल्लो पटक ह्वेल नमार्ने सरकारी नीतिको विरुद्धमा रहँदै आएका थिए । सरकारले ह्वेलको सिकारमाथि प्रतिबन्ध लगाए पनि जापानी माछा बजारमा आपूर्ति हुने कूल माछा खपतको करीब १.५ प्रतिशत ह्वेल माछाको परिकार नै रहँदै आएको छ ।

समुद्री तटमा अवस्थित सामुद्रिक देश जापानमा ह्वेलको सिकार परापूर्व कालदेखि गरिंदै आएको छ । जापानीहरुको संस्कार र त्यसमा पनि कुलपुजा ह्वेलको सिकार गरेर गरिन्छ । त्यसैले पनि जापानमा ह्वेल सिकारको प्रतिबन्ध निकै सकस बन्दै आएको थियो । सामाजिक संस्कार र रितिथितिसँग ह्वेल माछाको सिकार जोडिएका हुनाले हाल जापान सरकारले यसलाई खुकुलो गरेपछि जापानीहरु निकै खुशी भएका छन् ।

तर ह्वेल जस्तो लोपोन्मुख जलचर प्राणीको सिकारले भविष्यमा के कस्तो असर पार्ला भन्ने कुराको समयमै निकै ख्याल पुर्याउनु जरुरी छ ।