क्रान्तिकारी माओवादीद्वारा देशैभर मनाइयो १२६ औं माओ जयन्ती

क्रान्तिकारी माओवादीद्वारा देशैभर मनाइयो १२६ औं माओ जयन्ती

काठमाडौं । विश्व सर्वहारा वर्गका महान् नेता तथा चिनियाँ नयाँ जनवादी क्रान्तिका नायक माओत्सेतुङको १२६ औं जन्म दिवस नेकपा (क्रान्तिकारी माओवादी) र मातहतको संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले देशैभर मनाएको छ । क्रान्तिकारी माओवादीको ३ नं. प्रदेशको आयोजनामा ललितपुरको कुपण्डोलस्थित प्रदेश कार्यालयमा एक कार्यक्रमका बीच माओ जयन्ती भव्य रुपमा मनाइएको छ भने अन्य प्रदेश र जिल्ला स्तरमा पनि माओ जयन्ती मनाइएको खबरहरु प्राप्त भएको छ ।

ललितपुरको कुपण्डोलमा आयोजित कार्यक्रमलाई पार्टी स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले सम्बोधन गरेका थिए । माओ दिवस मनाउनुको अर्थ मालेमावादको रक्षा, प्रयोग र विकास गर्नु हो भन्ने कुरामा नेता गजुरेलले जोड दिएका थिए । पार्टी पिविएम तथा ३ नं.प्रदेश संयोजक सागरले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन पार्टी पिविएम प्रभाकिरणले गरेका थिए । कार्यक्रममा पार्टी स्थायी समिति सदस्य राजवीर लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

पोखराबाट प्राप्त समाचार अनुसार पार्टी कार्यालयमा एक कार्यक्रमका बीच माओ दिवस मनाइएको छ । कार्यक्रममा माक्र्सवाद–लेनिनवादको विकासमा माओले गरेको योगदानबारे पार्टी पिविएमद्वय श्याम र किशोरले प्रशिक्षण दिएका थिए । कार्यक्रममा पार्टी केसहरु निश्चल, रामजीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कैलालीबाट प्राप्त समाचार अनुसार कैलालीको अत्तरीयामा क्रान्तिकारी माओवादीले माओ दिवस मनाएको छ । कार्यक्रमलाई पार्टी पिविएम तथा ७ नं. प्रदेस सचिव अटलले सम्बोधन गरेका थिए । नेता अटलले क्रान्तिका लागि आफ्नो पार्टी बलिदान दिन तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘सर्वबहारा वर्गीय आनदोलनको नेतृत्व गर्न हामी तयार छौं । हाम्रो पार्टी मालेमावादी आलोकबाट जनताको पक्षमा जुटेको छ, जस्ले माओवाद मान्दैन, जस्ले माओवादी शब्दमै आपत्ति जनाए, उनीहरुलाई माओ दिवस मनाउने कुनै नैतिकता छैन ।’

उनले पार्टीले लिएको नीतिको अनुसरण गर्दे निरन्तर क्रान्तिको बाटोमा अघि बढ्नु माओ दिवस मनाउनुको मुख्य अर्थ रहेको भन्दै उनले सबै समस्याहरुको हल क्रान्तिको माध्यमबाट गर्न सकिने भएकाले समाजिक व्यवस्था परिवर्तनको लागि संगठित हुन सबैलाई आह्वान समेत गरे ।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा कैलाली, अछाम इन्चार्ज डायमण्डले असली माओवादी आफूहरु भएको भन्दै माओप्रतिको सच्चा सम्मान संघर्षको प्रकृयाबाट मात्र हुने तर्क गरे । उनले प्रचण्ड, बाबुराम र विप्लवहरुसँग माओ दिवस मनाउने नैतिक आधार नभएको समेत बताए ।

कैलाली पार्टी सचिव रुद्र कँडेलको अध्यक्षता र प्रदेश सदस्य प्रभातको सञ्चालनमा भएको कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका कार्यालय सदस्य लोकराज जैसीले पनि मन्तव्य राखेका थिए भने कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला संयोजक पुस्कर जोशी, पार्टी जिल्ला सचिवालय सदस्य टंक प्रसाद कोइराला लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

क्रान्तिकारी माओवादी कञ्चनपुरको आयोजनामा जिल्ला समन्वय समितिको हलमा १२६ औं माओ दिवस मनाइयो । पार्टीका जिल्ला सचिव विक्रान्तको अध्यक्षता तथा पार्टीका केस क्षितिजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन चिन्तकले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लगायतका वक्ताहरुले सर्वहारा वर्गीय क्रान्तिमा माओले पु¥याउनु भएका योगदानहरुको चर्चा गरेका थिए ।

त्यसैगरी डडेलधुराबाट प्राप्त समाचार अनुसार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल डडेलधुराको आयोजनामा माओ दिवस मनाइएको छ । मोर्चाका जिल्ला अध्यक्ष बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन डम्बर भण्डारीले गरेका थिए । कार्यक्रम डडेलधुरा बजारमा आयोजना गरिएको थियो ।

सुर्खेतबाट प्राप्त समाचार अनुसार क्रान्तिकारी माओवादी खुर्खेतको आयोजनामा एक कार्यक्रमका बीच माओ दिवस मनाइएको छ । सुर्खेतका पार्टी सचिव सुजातको अध्यक्षता र पार्टी केस अस्मानको प्रमुख आतिथ्यतामा सपन्न कार्यक्रममा वक्ताहरुले माओले क्रान्तिमा पु¥याएको योगदानको बारेमा चर्चा गेर ।

त्यसैगरी नवलपरासीबाट प्राप्त समाचार अनुसार माओत्से तुङको योगदानको चर्चा गर्दै नवलपरासीको बर्दघाटमा माओ जयन्ती मनाइएको छ । क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीको आयोजनामा भएको सो कार्यक्रमका बक्ताहरुले माओको सर्वहारा साँस्कृतिक क्रान्ति र राष्ट्रवादी छविप्रति प्रकाश पारेका थिए । कार्यक्रममा क्रान्तिकारी माओवादी नवलपरासीका सेक्रेटरी चोला, सचिवलाय सदस्यहरु संकल्प, विबेक, समर, क्रान्ति, नविन र न्युक्लियस बसन्त लगायतले बोल्दै माओको योगदानको चर्चा गरेका थिए । कार्यक्रम चोलाको अध्यक्षतामा भएको थियो ।

माओ दिवसकै सन्दर्भ पारेर २ नं. प्रदेशले देजमो, युवा, किसान र मधेसी राष्टिमाओ दिवसकै सन्दर्भ पारेर २ नं. प्रदेशले देजमो, युवा, किसान र मधेसी मोर्चाको प्रदेश बैठकको आयोजना गरेको छ भने अन्य प्रदेश र जिल्लाहरुमा भएका कार्यक्रमहरुको विवरण आउन बाँकी छ ।