‘ट्रम्पको लडाइँ व्यक्तिगत’ : कर्मचारीले पाएनन् तलब

‘ट्रम्पको लडाइँ व्यक्तिगत’ : कर्मचारीले पाएनन् तलब

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनविरुद्ध लड्न थालेका छन् । ट्रम्पले फेडेरल वैंकका गभर्नरलाई व्यापार बजार बुझ्न नसकेको भनी आरोप लगाएपछि उनीविरद्ध देशको सिंगो प्रशासन खनिएको छ । उनले अमेरिकाको फेडेरल वैंक र यसका गभर्नरले व्यापार युद्ध नै नबुझेको र विश्व बजारबाट अनभिज्ञ रहेको गम्भीर आलोचनासहित ट्वीट गरेका छन् ।

देशमा अन्यौलता छाएपछि शेयर बजार ह्वात्तै घट्न गई आमेरिकी अर्थतन्त्रमा गंभीर असर पर्न थालेको छ । राष्ट्रपति ट्रम्प भने उनको अडानमा टसको मस देखिदैनन् । स्थायी सरकारका रुपमा रहेको देशको प्रशासन तथा प्रशासकहरुले ट्रम्पको यो अडानलाई ‘व्यक्तिगत लडाइँ’को संज्ञा दिएका छन् ।

राष्ट्रपति ट्रम्प त यतिसम्म पनि उग्र देखिएका छन् कि उनले देशमा भइरहेको र हुन गइरहेको आर्थिक अस्तव्यस्तताको कारण केन्द्रीय फेडेरल वैंक हो । तर अमेरिकीहरु माझ भने राष्ट्रपति ट्रम्प नै दोषी भएको चर्चा र बहस चलिरहेको छ । मेक्सिको पर्खाल निर्माणका लागि अर्बौ बजेट माग, रुसी साइवर हस्तक्षेप, संघीय बजेट निकासामा प्रतिपक्षी डेमोक्र्याटको चुनौती आदिलाई राष्ट्रपति ट्रम्पको केटाकेटीपन र दम्भले निम्त्याएको समस्याका रुपमा लिइएको छ ।

डेमोक्र्याटहरुले ‘ट्रम्पको झोंक र दम्भले गर्दा सिनेटलाई नै बन्दी बनाउन खोजेको’ आरोप लगाएका छन् । उनीहरुले ट्रम्पले देश र जनताका लागि हानी हुने खालका एजेण्डाहरुमा पुनर्विचार नगरेमा देशमा भयाबह स्थितिको सिर्जना हुनसक्ने चेतावनी पनि दिएका छन् ।

मेक्सिकोको सीमानामा पर्खाल उठाउनका लागि आवश्यक छअर्ब डलर रकमको बजेट माग संघीय खर्च रकमसँग जोडिएकाले सिनेटले यसलाई अस्वीकृत गरिसकेको छ । अमेरिकामा कार्यरत दश लाख कर्मचारीहरु विना तलव काम गर्ने अवस्थामा पुगेका छन् ।