काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले आज सिमा अतिक्रमणका बिरुद्ध सुस्तामा बिरोध प्रर्दशन गर्दैछ । सिमा अतिक्रमणकाबिरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा भारतीय पक्षद्धारा अतिक्रमित सुस्ता भूमिमा आज जनप्रर्दशन गर्ने क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी चोलाले जानकारी दिए ।

हार्दिक शुभकामना !

आजै प्रदेश नम्बर ५ अन्तर्गत १२ वटै जिल्लामा सीमा अतिक्रमणका विरुद्ध जनप्रर्दशन गर्ने माओवादीको तयारी रहेको छ । प्रदेश नम्बर पाँचको निर्णय अनुसार पहिलो चरणमा पौष १० गते पाँच नम्बर प्रदेश अन्तर्गतका १२ वटै जिल्लामा जनप्रर्दशन गर्ने तयारी गरेको हो ।

क्रान्तिकारी माओवादीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा महंगी, कालाबजारी, भ्रष्टाचारी, तस्करी, दलाली र बलात्कारको बिरोधमा प्रर्दशन गर्ने तयारी गरेको पोलिटब्यूरो सदस्य तथा प्रदेश सेक्रेटरी प्रमोदले बताए ।

उनका अनुसार सिमा अतिक्रमणको बिरुद्ध पश्चिम नवलपरासीको सुस्तासंगै कपिलवस्तुको महलीसागर बाँध र बाँकेको लक्ष्मणपुरमा बिरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै रुपन्देही जिल्ला समितिले आजै बुटवलमा जनप्रर्दशन गर्दैछ ।

सो कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य केबी गुरुङले सम्बोधन गर्ने र सुस्ताको कार्यक्रममा केन्द्रीय सदस्य पिताम्बर आचार्यले सम्बोधन गर्ने सो पार्टीले जनाएको छ ।

त्यस्तै गुल्मी, अर्घाखाँची, पाल्पा, बर्दिया, दाङमा समेत प्रर्दशनको तयारी गरिएको जनाइएको छ । त्यस्तै क्रान्तिकारी माओवादीले लिपुलेक बिनाको नक्सा प्रयोगमा ल्याएका सरकारी कार्यालयहरुमा समेत माओवादीले अनुगमनको तयारी समेत गरेको बताइएको छ । जनप्रर्दशन पछि स्थानीय तहमा भएका भ्रष्टाचारका बिरुद्ध कडा रुपमा प्रस्तुत हुँदै जनप्रतिरोध गर्ने माओवादीको योजना रहेको छ ।

क्रान्तिकारी माओवादीको मंसिर १२ देखि १७ गते सम्म बुटवलमा बसेको केन्द्रीय समितिको बैठकको योजना मुताबिक प्रर्दशनको तयारी गरिएको सम्बद्ध स्रोतले जनायो ।

प्रतिक्रिया

सम्बन्धित खवर