काठमाडौं । कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा रहेको खाँडा वस्तीमा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन् । खाडाको न्यौपाने वाडामा आइतबार राती आगलागी भएपछि ८७ घरहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् । आगलागीमा परी ७ जना मानिस घाइते भएका छन् ।

हार्दिक शुभकामना !

रातका बेला भएको आगलागीमा परी पशु चौपाया पनि मरेका छन् । हालसम्मको खबर अनुसार गाई र गोरूसहित १९, दुईवटा भैँसी, दुईवटा बाख्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले आगलागीको खबर आइतबार राति साढे दुई बजे पाए पनि के कारणले आगलागी भएको हो, सो थाह नभएको बताएका छन् ।

रातीदेखि बिहानसम्म लागेको आगो सोमबार बिहान १०.० बजे मात्र नियन्त्रणमा आएको थियो । आगो स्थानीय नविन न्यौपानेको घरबाट लाग्न सुरु गरेको थियो । टोलका घरहरुका सबै छानाहरु फुसका भएकाले आगो नियन्त्रणमा आउन नसक्ने गरी फैलिएको थियो ।

आगलागीका क्रममा उद्दार गर्दागर्दै पनि घाइते हुनेहरुमा ७० वर्षीय देवराज हमाल, ७० वर्षीय चन्द्ररुपा सञ्ज्याल, ७० वर्षीय देवराज हमाल, ३५ वर्षीय विष्णुऋषि न्यौपाने, ५८ वर्षीय कर्णप्रसाद न्यौपाने, १० वर्षीया करिश्मा न्यौपाने र ९ वर्षीय रत्न न्यौपाने रहेको बताइएको छ । हाल घाइतेहरुको स्थानीय स्वास्थ्यकर्मीहरुबाट उपचार भइरहेको बताइएको छ ।

उक्त आगलागीबाट तीन करोडभन्दा बढी क्षति भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर