काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपिएल) को शुक्रबारको पहिलो खेलमा विराटनगर वारियर्सलाई ५ रनले पराजित गर्दै चितवन टाइगर्सले प्रतियोगिताको पहिलो जित दर्ता गरेको छ । अघिल्ला तिन खेलमा लगातार हार व्यहोरेको चितवनले पहिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको हो ।

सुरुवाती २ खेल जितेको विराटनगरले भने लगातार दोस्रो हार ब्यहोरेको छ । यो खेल जितेको भए विराटनगर प्ले अफमा पुग्ने थियो । हारले पनि विराटनगरको प्लेअफ सम्भावना कायमै छ । ४ खेलबाट ४ अंक जोडेको विराटनगरले तेस्रो र २ अंक जोडेको चितवन चौंथो स्थानमा छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेटको क्षतिमा १९२ रनमा समेटियो । विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायातले सर्वाधिक ९० रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

हार्दिक शुभकामना !

शतक बनाउँन १० रनले चुकेका बाबरले विस्फोटक ब्याटिङ गर्ने क्रममा ४२ बलमा ५ चौंका र ८ छक्का प्रहार गरेका थिए । त्यस्तै आसिफ शेखले २१ बलमा ३ चौंकाको सहायतामा ३०, करण केसीले १८ बलमा नटआउट २४, कप्तान पारस खड्काले १५ बलमा १९ र अनिलकुमार शाहले १३ बलमा १२ रनको योगदान दिएका थिए ।

बलिङतर्फ चितवनका ललितसिंह भण्डारीले ४ विकेट लिए । भण्डारीले ४ ओभर बलिङ गर्दै २४ रन खर्चिएका थिए । त्यस्तै सागर ढकालले ४ ओभरमा १ मेडन राख्दै २४ रन दिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवन टाइगर्सले पूरै २० ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १ सय ९६ रन बनाएको थियो । चितवनका लागि इङ्लिस ब्याट्सम्यान जोन सिमप्सनले अर्धशतकीय इनिङस खेल्दै सर्वाधिक ७८ रनको योगदान दिएका थिए । उनले ४४ बलमा ६ चौंका र ५ छक्का प्रहार गरे ।

त्यस्तै दिपेन्द्रसिंह ऐरीले २२ बलमा ३ चौंकाको मद्दतमा ३२, सन्दीप सुनारले २२ बलमा ६ चौंकाको मद्दतमा ३०, जर्ज स्कटले २४ र पाउल स्टर्लिङले १५ रनको योगदान दिएका थिए । विराटनगरका लागि करण केसी, बसन्त रेग्मी, पारस खड्का र भान मिकरनले एक–एक विकेट लिए । शुक्रबारकै दोस्रो खेलमा पोखरा राइनोज र काठमाडौं किंग्स एक्सआई बिच भइरहेको छ । अहिले पोखरा राइनोजले ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर