कमरेड गणपतिको जिम्मेवारी त्यागबारे भाकपा (माओवादी)को वक्तव्य सार्वजनिक

प्रकाशित मिति : २०७५ मंसिर १४

 

काठमाडौं । (लामो समयदेखि विरामी अवस्थामा रहेका भाकपा (माओवादी)का ७० वर्षीय महासचिव गणपतिले उमेर र स्वास्थ्यका कारण स्वेच्छिक रुपमा जिम्मेवारीबाट गरेको त्यागलाई भारतीय सत्तासिन पक्षीय मिडियाहरुले अनर्गल प्रचार गरी पार्टीपंक्ति तथा देशभित्र बाहिरका क्रान्तिकारी तप्कामा पर्न गएको भ्रमलाई चिर्दै यसबारे हालै एक प्रेस वक्तव्य सार्वजनिक गरेको छ । जसलाई जनमेल डटकमका लागि डा. ऋषिराज बरालले नेपालीमा अनुवाद गरी प्रकाशनमा ल्याएका छन् । हामीले त्यही वक्तव्यको नेपाली अनुवादलाई यहाँ प्रस्तुत गरेका छौं । –स.)

भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
केन्द्रीय समिति
प्रेस वक्तव्य
१० नोभेम्बर २०१८
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव कमरेड गणपतिले स्वेच्छिक किसिमले आफ्नो जिम्मेवारी छोडेपछि केन्द्रीय समितिले नयाँ महासचिवका रूपमा कमरेड बसवराजुलाई चयन गरेको छ
यताका केही वर्षहरूमा देखिएको खराब स्वास्थ्य र ढल्कँदो उमेरलाई ध्यानमा राख्दै र आगामी दिनहरूमा केन्द्रीय समितिलाई अझ मजबुत पार्ने उद्देश्यका साथ कमरेड गणपतिले स्वेच्छिक किसिमले महासचिवको आफ्नो जिम्मेवारी परित्याग गरेर आफ्नो ठाउँमा महासचिवका रूपमा अर्को कमरेडलाई चयन गर्नका लागि प्रस्ताव राखेपछि केन्द्रीय समितिको पाचौँ बैठकले वहाँको प्रस्तावलाई स्वीकार्दै यसमाथि बृहत् छलफलपछि बैठकले बसवराजु (नाम्बल्ला केशव राव)लाई महासचिवका रूपमा चयन गर्यो ।

कमरेड गणपति भारतीय कम्युनिस्ट पार्टी (माले) (पिपुल्स वार) का महासचिवका रूपमा जुन १९९२मा निर्वाचित हुनुभएको थियो । पार्टीका लागि त्यो निकै कठिन घडी थियो । सन् १९९१ देखि आन्ध्र सरकारले पार्टीका विरुद्ध दोस्रो चरणको दमन प्रक्रिया चलाएको थियो । सशस्त्र सङ्घर्षलाई अगाडि बढाउन कस्तो किसिमको कार्य्दिशा लागू गर्ने भन्ने लगायत पार्टीले थुप्रै किसिमका चुनौतीहरूको सामना गर्नु परेको थियो । केन्द्रीय समितिका तत्कालीन महासचिव कोन्डापल्ली सितारमैया त्यतिबेरका चुनौतीहरूबाट पार्टीलाई मुक्त पारेर नेतृत्व प्रदान गर्न सक्ने स्थितिमा थिएनन् । पार्टी कार्यकर्ता र जनताले सामना गर्नु परेका समस्याहरूको निवारण गर्नुको साटो कोन्डापल्ली सितारमैया र केन्द्रीय समितिका केही सदस्यहरूले षड्यन्त्रकारी विधि अँगाले र पार्टीको आन्तरिक सङ्कटको कारक बने । एकाध अवसरवादीहरूबाहेक पार्टी विभाजनको षड्यन्त्रमा लागेको अवसरवादी गुटका विरुद्धको सैद्धान्तिक लडाइँमा सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध भयो । त्यतिबेला पार्टीमा देखा परेको सङ्कटको सामना गर्न केन्द्रीय समितिमा रहेका युवा नेतृत्वले अँगालेको प्रक्रिया सिङ्गो पार्टीका लागि सुन्दर शिक्षा बन्यो र यसले पार्टीको काम गर्ने शैलीमा शुद्धीकरण अभियानको काम गर्यो । सिङ्गो पार्टीको वैचारिक तथा राजनीतिक स्तरमा वृद्धि भएको थियो । मुख्यतः केन्द्रीय समितिमा सामूहिक नेतृत्व र सामूहिक टिम–कार्यप्रणालीको विकास गरियो । कमरेड गणपतिले अग्रपङ्क्तिमा उभिएर केन्द्रीय समितिमा क्रान्तिकारी नेतृत्व निर्माणको प्रयासमा अहम् भूमिका खेल्नुभयो । यस प्रक्रियामा सिङ्गो पार्टी एक ढिक्का भयो, षड्यन्त्रकारीहरूलाई परास्त गर्दै चुनौतीहरूको सामना गर्न वहाँले आफूलाई तयार पार्नुभयो । यस किसिमको परिस्थितिमा केन्द्रीय समितिले, विकसित गरिएको सामूहिक नेतृत्वका रूपमा कमरेड गणपतिलाई महासचिवका रूपमा निर्वा्चित गर्यो ।

सन् १९९५ मा हामीले अखिल भारतीय विशेष सम्मेलनको आयोजना गर्यौं र पार्टी लाइनलाई समृद्ध पार्यौं । त्यो सम्मेलनले नयाँ केन्द्रीय समितिको निर्वाचन गर्यो । नयाँ निर्वाचित केन्द्रीय समितिले पुनः कमरेड गणपतिलाई महासचिवमा चयन ग¥यो । अगस्त १९९८ मा भारतीय कम्युनिस्ट पार्टी (माले) (पिपुल्स वार) र भारतीय कम्युनिसट पार्टी (माले) (पार्टी युनिटी) बीच एकता भएर भारतीय कम्युनिस्ट पार्टी (माले) (पिपुल्स वार) बन्यो । पार्टीमा भएको यस किसिमको विकासपछि पार्टी अन्य राज्यहरूमा पनि विस्तारित भयो र यसले भारतव्यापी चरित्र ग्रहण गर्यो । डिसेम्बर २, २००० पछि हामीले सैन्य दिशाको विकास गर्दै ‘जनमुक्ति छापामार सेना” को निर्माण ग¥यौं । २००१ मा भएको त्यतिबेलाको भारतीय कम्युनिस्ट पार्टी (माले) (पिपुल्स वार) को नवौँ महाधिवेशनले पार्टीको राजनीतिक, सैन्य र सङ्गठनात्मक लाइनलाई थप विकास ग¥यो । भारतको ठोस वस्तुगत स्थितिमा दीर्घकालीन जनयुद्धको रणनीति लागू गर्ने महत्वपूर्ण अङ्गका रूपमा महाधिवेशनले छापामार आधार इलाका निर्माण गर्ने नयाँ योजना अघि गर्यो । जनमुक्ति सेना निर्माणको प्रश्नका साथै केन्द्रीय सैन्य आयोगको नेतृत्व मातहत जनयुद्ध र राज्यसत्ताबीचको सम्बन्धमा पनि पार्टीले विशेष जोड दियो । महाधिवेशनले निर्वा्चित गरेको नयाँ केन्द्रीय समितिले पनि एकपल्ट फेरि कमरेड गणपतिलाई महासचिवका रूपमा चयन ग¥यो ।
२१ सेप्टेम्बर २००४मा भारतीय कम्युनिस्ट पार्टी (माले) (पिपुल्स वार) र माओइस्ट कम्युनिस्ट सेन्टर इन्डियाबीच एकता भएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को निर्माण भयो । प्रस्ट वैचारिक तथा राजनीतिक लाइनका आधारमा भएको यो एकतापछि भारतीय क्रान्तिकारी आन्दोलनले महान् फड्को मार्यो । यो विकास भारतीय क्रान्तिकारी आन्दोलनमा कोशेढुङ्गाको रूपमा रहेको छ । यो विकासले पार्टीलाई थप मजबुत पार्नुका साथै थप विस्तार पनि गर्यो । दुवै पार्टीका छापामार सेनाबीच पनि एकता भयो र एउटा मजबुत ‘जनमुक्ति छापामार सेना (पिएलजिए) को निर्माण भयो । २००४ अघि सनासाना छागाँ र छहराहरूझैँ रहेका विभिन्न क्रान्तिकारी समूहहरू, व्यक्तित्वहरू मिसिएर बनेका भारतीय कम्युनिस्ट पार्टी (माले) (पिपुल्स वार) र माओइस्ट कम्युनिस्ट सेन्टर इन्डिया त्यस समयका दुइटा प्रमुख क्रान्तिकारी धार थिए । यी दुइटाको एकताबाट भाकपा (माओवादी) को निर्माण भएपछि यी छहराहरू एउटा विशाल नदीका रूपमा विकसित भए । त्यसमा नक्सलवाडी आन्दोलनको निरन्तरताको अनुभवले समृद्ध गहन जिम्मेवारी ब्यहोरेका थुप्रै नेताहरूसमेतलाई समेटेर पार्टीको निर्माण भएको थियो । यस किसिमका नेता तथा कार्यकर्ताहरूले बनेको केन्द्रीय समितिले कमरेड गणपतिलाई महासचिवका रूपमा चयन गर्यो । २००७ मा भएको एकता महाधिवेशन(नवौँ महाधिवेशनले पनि वहाँलाई सर्वसम्मत किसिमले महासचिवका रूपमा चयन गर्यो । एकता महाधिवेशन(नवौँ महाधिवेशनपछि केन्द्रीय समितिको नेतृत्वमा आन्दोलन नयाँ उचाइका साथ विकसित भयो । विकासको यस क्रममा, २०१३ को अन्त्यतिर भाकपा (माले) (नक्सलवारी) र भाकपा (माओवादी) बीच भएको एकतापछि भारतमा रहेका क्रान्तिकारी पार्टीहरूबीचको एकीकरण प्रक्रिया एक हिसाबले समाप्त भयो भनेर हामी भन्न सक्छौँ ।
१९९२ देखि २०१७, २५ वर्षको अवधि, कमरेड गणपतिले महासचिवको जिम्मेवारी समालेको यस अवधिमा केन्द्रीय नेतृत्वअन्तर्गत भएको हाम्रो आन्दोलन थुप्रै बाधाव्यवधानसित जुद्धै अघि बढ्यो । तीव्र वर्गसङ्घर्षका बीच पार्टी इस्पातिलो बन्दै गयो । दुस्मनको प्रतिक्रान्तिकारी आक्रमणलाई परास्त गर्न यसले क्रान्तिकारी पङ्क्ति र क्रान्तिकारी जनतालाई इमानदारीपूर्वक सर्वहारावादी नेतृत्व प्रदान ग¥यो । यसै क्रममा आफ्नो बिग्रदो स्वास्थ्य र उमेरजन्य परिस्थितिका कारण कमरेड गणपतिले महासचिबको जिम्मेवारीबाट आफूलाई अलग गर्दै सिङ्गो पाटी र केन्द्रीय समितिलाई थप बलियो बनाउन जिम्मेवारीबोध गराउनु भयो । अनि केन्द्रीय समितिले कमरेड बसवराजु (नाम्बाल्ला केशव राव) लाई महासचिवका रूपमा चयन गर्यो । कमरेड बसव रावले तीन दशकभन्दा बढी समय पार्टीको अग्रपङ्क्तिमा रहेर विभिन्न कमिटीहरूको सचिव रहेर, २७ वर्षदेखि केन्द्रीय समितिमा र १८ वर्षदेखि पोलिटब्युरो सदस्य रहेर सफलतापूर्वक नेतृत्व प्रदान गर्नुभएको छ । खास गरेर वहाँ केन्द्रीय सैन्य आयोगको इन्चार्ज हुनुहुन्थ्यो र जनयुद्धलाई अगाडि बढाउन वहाँले महत्वपूर्ण योगदान दिनुभयो । विशेष गरेर भन्नु पर्दा १९९२ पछिको केन्द्रीय समितिमा सामूहिक नेतृत्वको विकास गर्ने कार्यमा वहाँको महत्वपूर्ण भूमिका रह्यो, जसले महासचिवका रूपमा आफूलाई विकसित हुन वहाँलाई सहयोग पुर्यायो ।

पार्टीको केन्द्रीय समितिमा भएका परिवर्तनहरू सिङ्गो पार्टीको विकास प्रक्रियाका अङ्गहरू हुन् । यी परिवर्तनहरूले केन्द्रीय समितिलाई थप मजबुत बनाउँने छ । सङ्गठनात्मक सिद्धान्तमा–जनवादी केन्द्रीयता– र आलोचना–आत्मालोचनाको सिद्धान्तको ठोस रूपमा पालना गर्दै, समग्र पार्टी र क्रान्तिकारी जनतालाई सामूहिक नेतृत्व प्रदान गर्दै “समाधान”का नाममा दुस्मनले अघि सारेको फासिवादी रणनीतिक प्रतिक्रान्तिकारी आक्रमणलाई परास्त गर्दै जनदिशा र वर्गमा आधारित भएर मुलुकमा नयाँ जनवादी क्रान्तिको नेतृत्व गरेर सर्वहाराको अग्रदस्ताका रूपमा सफलता प्राप्त गर्ने कार्यप्रति पार्टी एकदमै दृढ छ भन्ने कुरामा केन्द्रीय समिति समग्र पार्टीपङ्क्ति र आम क्रान्तिकारी जनतालाई विश्वास दिलाउन चाहन्छ ।
अभय
प्रवक्ता, केन्द्रीय समिति