काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल पाल्पा जिल्ला अन्तर्गत पूर्वाखोला गाउँपालिकामा मंसीर १ गते आयोजना गरिएको भेलाले लिला श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय गाउँपालिका समिति गठन गरेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार उक्त समितिले तीन जना कार्यकारी रहने गरी निर्माण गरेको कार्यकारी समितिमा संयोजकसहित सचिव भोजबहादुर मसराङ्गी र कोषाध्यक्षमा ओमबहादुर सुनाखरी रहेका छन् ।

समितिका सदस्यहरुमा तुलबहादुर बारघरे, सागर पङ्गेनी, खेमराज ज्ञवाली, सुन्दर परियार, अर्जुन परियार, यामबहादु सारु, सन्तबहादुर फाल र ओम खङ्गाहा रहेका छन् । समितिमा कार्यकारी तथा सदस्यहरु गरी १२ जना चयन गरी बाँकी रहेका पाँच रिक्त स्थानहरु पछि पूरा गरिने बताइएको छ । सम्पन्न भएको भेला स्थानीय वुद्धिजीवी मिन गिरीको विशेष पहल र सक्रियतामा सफल भएको छ ।

हार्दिक शुभकामना !

भेलामा सीसीएम् धनेश्वर पोखरेल ‘शिशिर’ को प्रमुख अतिथिका रुपमा उपस्थिति रहेको थियो भने विशेष अतिथिहरुमा जिल्ला पार्टी इञ्चार्ज मानध्वज श्रेष्ठ र जिल्ला पार्टी संयोजक टेकबहादुर बि.क.को उपस्थिति रहेको थियो । भेलाका अतिथिहरुमा देजमो जिल्लाका संयोजक पदम लामिछाने र जिल्ला सदस्य लिला श्रेष्ठ पनि रहेका थिए ।

उक्त भेलाले जिल्ला समिति चयन गरिसकेपछि जिल्ला समितिको वैठक तत्काल बसी जिल्ला व्यापी संगठन विस्तार गर्नका लागि पदाधिकारी तथा सदस्यहरुका बीचमा कार्य विभाजन गरिएको थियो । वैचारिक प्रशिक्षणको तयारी गर्ने निर्णयसहित संगठनको प्रचारप्रसारका लागि आाफ्नो क्षेत्रमा जिम्मा लिने निर्णय पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर