यसकारण नयाँ जनवादी क्रान्तिको कार्यदिशा !

क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलनबाट पारित ‘नेपाली क्रान्तिको स्वरुप र पार्टीको आम कार्यदिशा’ दस्तावेजबाट

प्रकाशित मिति : २०७५ मंसिर १२
माेहन वैद्य ‘किरण’

“पहिलो : गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता विषयलाई आधार बनार्य नेपालमा पुँजीवादी जनवादी क्रान्ति पुरा भइसक्यो भनेर जुन तर्क गरिन्छ त्यो पूर्णतः गलत तथा भ्रान्त धारणा हो । वस्तुगत : नेपालमा पुँजीवादी जनवादी क्रान्ति पुरा भएकै छैन ।

किनभने– (१) यहाँ दलाल, नोकरशाही पुँजीपति एवम् सामन्तवर्गको पुरानो राज्यसत्ता तथा राज्य मशिनरी कायमै छ, राणाकालदेखि अहिलेसम्म आउँदा शासनसत्तामा केही फेरबदल अवश्यै भएका छन्, परन्तु राज्यसत्तामा भने दलाल, नोकरशाही पुँजीपति तथा सामन्तवर्गको नेतृत्व तथा अधिनायकत्व यथावतै रहिआएको छ । (२) नेपाल जस्तो अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहेको मुलुकमा जनवादी तथा राष्ट्रिय क्रान्ति बेग्ला बेग्लै होइन एउटै चरणमा गरेको हुुनुपर्दछ । यहाँ एकातिर जनवादको समस्या समाधानै भएको छैन भने अर्कोतिर साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप तथा उत्पीडिन अन्तहुुनु त परै जाओस् झन् झन् तिव्र बन्दै गएको छ । (३) यहाँ नयाँ जनवादी क्रान्तिको मान्यता अनुसार सर्वहारावर्गको नेतृत्व तथा आम जनसमुदायको संयुक्त अधिनायकत्वमा नयाँ राज्यसत्ता स्थापना भएको छैन । बरु उल्टै देशी तथा विदेशी प्रतिक्रियावादसित वर्गीय तथा राष्ट्रिय रुपमा आत्मसमर्णणवादका बाटो पकडिएको छ । (४) कृषि, उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य लगायत जनजीविका र समग्र अर्थतन्त्रका क्षेत्रमा दलाल तथा नोकरशाही पुँजीको प्रभुत्व कायमै छ र साम्राज्यवादी भूमण्डलीकरण, उदारीकरण तथा निजीकरणलाई तिव्रता दिइएको छ । यहाँ औद्योगिक पुँजीको विकास भएको छैन ।

जहाँसम्म राजतन्त्रको अन्त्य तथा गणतन्त्रको स्थापनालाई नै पुँजीवादी क्रान्ति सम्पन्न हुनुको एक मात्र आधार तथा कसी मान्ने प्रश्न हो त्यो ठीक होइन । किनभने गणतन्त्रको स्थापना भइसकृका देश पनि अर्धसामन्ती अवस्थामा रहेका र राजतन्त्र कायमै भएका देशमा पनि पुँजीवादी जनवादी क्रान्ति भएका उदाहरण पाइन्छन् ।

दोस्रो : तमाम अवसरवादी तथा संशोधनवादीहर के पनि भन्दछन् भने दलाल तथा नोकरशाही पुँजीवाद भने पनि पुँजीवाद नै हो र राष्ट्रिय पँुजीवाद वा औद्योगिक पुँजीवाद भने पनि पुँजीवाद नै हो । यो तर्क सर्वथा गलत छ । किनभने –(१) दलाल तथा नोकरशाही पुँजीवाद र औद्योगिक पुँजीवादमा गुणात्मक तथा मौलिक दलाल तथा नोकरशाही पुँजीवाद र औद्योगिक पुँजीवादमा गुणात्मक तथा मौलिक अन्तर छ । अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा रहेका मुलुकहरुमा दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको नेतृत्वमा दलाल तथा नोकरशाही पुँजीवाद स्थापित रहेको हुन्छ । परन्तु, यहाँ औद्योगिक पुँजीवादको स्थापना भने सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी राज्यसत्ता स्थापना गरेर मात्र हुन सक्तछ । (२) दलाल तथा नोकरशाही पुँजीवाद साम्राज्यवादको अभिन्न अंग हो भने औद्योगिक पुँजीवाद वैज्ञानिक समाजवादको अभिन्न अंग हो । (३) दलाल तथा नोकरशाही पुँजीवादले पुरानै राज्यसत्ता तथा साम्राज्यवादी÷विस्तारवादी उत्पीडनलाई जारी राख्तछ भने औद्योगिक पुँजीवादले वैज्ञानिक समाजवादमा जानका लागि वस्तुगत आधारहरु तयार पार्दछ ।

तेस्रो : आज कैयौं दक्षिणपन्थी अवसरवादीहरुले नेपालमा राजनीतिक क्रान्ति पुरा भइसक्यो अब आर्थिक क्रान्ति गर्नुपर्दछ भन्ने गरेका छन् । वस्तुत ः त्यो पनि नितान्त गलत कुरा हो । पहिलो त वर्तमान राज्यसत्ता, व्यवस्था तथा संविधानका पक्षधरहरुले राजनीतिक क्रान्ति पुरा भयो अब आर्थिक क्रान्ति गर्नु पर्दछ भनेर ठूलो विभ्रम पेदागर्दैै आएका छन् । पहिलो त, राजनीतिक र आर्थिक क्रान्तिको सम्बन्धलार्य उपरिसंरचना र आधारको सम्बन्धका रुपमा बुझ्नु पर्दछ । राजनीति र अर्थतन्त्रमा मूलतः अर्थतन्त्रको भूमिका प्रधान हुन्छ तर पनि ती दुबैले एक अर्कोलाई प्रभावित पार्ने र बदल्ने काम गर्दछन् । परन्तु, वर्तमान अर्धसामन्ती अर्धऔपनिवेशिक तथा मुख्यतः नवऔपनिवेशिक उत्पादन सम्बन्धको आर्थिक आधार र लोकतान्त्रिक गणतन्त्रको उपरिसंरचना बीच एकरुपता नै देखिन्छ । यस अर्थमा राजनीतिक क्रान्ति पुरा भयो आर्थिक क्रान्ति गर्नु पर्छ भन्ने कुरामा कुनै तुक देखिन्न । दोस्रो, यहाँ राजनीति र अर्थतन्त्रको कुरा गर्दा जुन क्रान्तिको उल्लेख गरिएको छ त्यो शब्दको दुरुपयोग मात्र हो । किनभने, हिजो पनि राज्यसत्ता दलाल तथा नोकरशाही पुँजीवादको प्रभुत्व थियो, आज पनि छ र भोलि पनि उनीहरुले त्यसैलाई कायम राख्न गैरहेका छन् । त्यसै गरी आर्थिक क्षेत्रमा हिजो पनि दलाल तथा नोकरशाही पुँजीवादको प्रभुत्व थियो, आज पनि छ र भोलि पनि उनीहरुले त्यसैलाई कायम राख्ने छन् । भूमण्डलीकृत साम्राज्यवाद तथा विस्तारवादको नियन्त्रण तथा निर्देशनमा उदारीकरण, निजीकरण तथा खुलाबजार अर्थतन्त्रको मान्यतालाई अंगीकार गर्नेहरुले अर्थतन्त्रमा कदापी क्रान्ति गर्न सक्दैनन् । यसरी हेर्दा उनीहरुले प्रयोग गर्ने गरेको क्रान्ति शब्द विभ्रम शिवाय अरु केही होइन ।

चौथो : आज उनीहरु नेपालमा पुँजीवादी जनवादी क्रान्ति भएको छैन र देश अझै अर्धसामन्ती, अर्धपौपनिवेशिक तथा नवओप्निवेशिक अवस्थामा छ भनी तर्क गर्नेहरुमाथि जडसूत्रवादी तथा परम्परावादी भएको आरोप अलाउँछन् र आफू सिर्जनशील माक्र्सवादी भएको कुरा बताउँछन् । पहिलो कुरा त यो दक्षिणपन्थी अवसरवादीहरुले क्रान्तिकारीहरुमाथि लगाउँदै आएको परम्परागत आरोप हो । दोस्रो, जडसूत्रवादको विरोध त माक्र्सवादीहरुले पनि गर्दछन् । यहाँ प्रश्न जडसूत्रवादको विरोध माक्र्सवादी कोणबाट गर्ने कि संशोधनवादी कोणबाट भन्ने नै हो । वस्तुतः हामीले के देख्तै र भोग्दै आएका छौं भने जसले सिर्जनात्मक माक्र्सवादको नाममा क्रान्तिकारी माक्र्सवादीहरुमाथि जडसूत्रवादको आरोप लगाउँदै आएका छन् तिनले माक्र्सवादको सिर्जनात्मक प्रयोग होइन माक्र्सवादका विरुद्ध प्रतिक्रियावादलाई साथ दिने र अन्ततः प्रतिक्रियावादमै परिणत हुने गरेका छन् । नेपालमा लामो समयदेखि ठीक यही भइरहेको छ ।
पाँचौं ः कतिपय मानिसहरुले नेपालमा विद्यमान सानो जोतवाल भूस्वामीलाई पुँजीपति र कृषिसित जोडिएका तथा बैदैशिक रोजगारीमा गएका बेरोजगार तथा अर्धबेरोजगारहरुलाई सर्वहारा वर्गमा गणना गरेर नेपालमा पुँजीवादको विकास भएको कुरा गर्दछन् । त्यो पनि साँचो कुरा होइन । किनभने यस प्रकार पुँजीपति तथा सर्वहारा मानिएकाहरुको ठूलो संख्या एकातिर परम्परागत कृषिसित जोडिएको छ भने अर्कोतिर अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा आधारित छ । अहिले, सानो जोतवाला किसानलाई शुद्ध पुँजीपति र अर्धबेरोजगारहरुलाई आजाद सर्वहारा भन्न सकिन्न । यद्यपि अन्ततः तीनको विशाल बहुसंख्या सर्वहारा बन्ने कुरा भने निश्चित छ ।

छैठौं : जसले नेपालमा पुँजीवादी जनवादी क्रान्ति पूरा भइसक्यो र अब समाजवादी क्रान्ति गर्नु पर्दछ भन्दछन् ती वस्तुतः समाजवादी क्रान्तिका पक्षधर नभई वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाका संरक्षक हुन् । किनभने १) तिनले वर्तमान पश्चगामी राज्यसत्ता तथा संसदीय व्यवस्थाको संरक्षण गर्ने संविधानको कार्यान्वयनलाई आफ्नो राजनीतिको केन्द्रीय मुद्दा बनाएका छन्, २) तिनले संविधान संशोधन गरी समाजवादमा जान सकिन्छ भनी बलप्रयोगको बाटो निषेध र शान्तिपूर्ण संक्रमणको बाटोलाई अबलम्बन गरेका छन्, ३) दलाल तथा नोकरशाही तथा सामन्त वर्गसित एकाकार हुँदै ती नव धनाढ्य तथा नवदलाल वर्गमा परिणत हुँदै गइरहेका छन्, र ४) तिनले वर्गीय तथा राष्ट्रिय दुबै रुपमा आत्मसमर्पणको बाटो समाती सकेका छन् र ती क्रान्ति होइन प्रतिक्रान्तिका अंग बन्न गइरहेका छन् ।”