काठमाडौं । बुधबार उत्तरी चीनको एक केमिकल कम्पनीमा बिस्फोट हुँदा कम्तीमा पनि २२ को मृत्यु भएको छ भने २२ घाइते भएका छन् । अहिले घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ग्लोबल टाइम्सका अनुसार बिस्फोट झांगजियाकोयस्थितको हिबेई शेंगुआ केमिकल कम्पनीमा भएको हो जुन राजधानी बेइजिङबाट दुई सय किलोमिटर टाढा छ ।
घटनामा ५० वटा साना–ठूला ट्रक पनि जलेको बताइएको छ । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।