बुटबल । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल मगर राष्ट्रिय मुक्ति मोर्चा–नेपालको केन्द्रीय समितिको बैठक मगराँत स्वायत्त
राज्य प्राप्तिको आन्दोलनलाई निर्णायक बनाउने निर्णय गदैं मंगलबार बटुवलमा सम्पन्न भएको छ । बैठकले आन्दोलन तयारीका लागि संगठन विस्तार,सुदृढीकरण अभियानलाई देशभर परिचालन गर्ने समेत निर्णय गरेको छ ।

हार्दिक शुभकामना !

बैठकले मगरांत स्वायत्त राज्य प्राप्तिको आन्दोलनमा संघीयता र पहिचान विरोधीहरुले गद्दारी गरेको निस्कर्ष निकाल्दै माघ मसान्तभित्र रुपन्देही,गुल्मी,प्यूठान र बाग्लुङको जिल्ला भेला सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसका लागि मोर्चाका नेताहरुःनिमकला पुन,अर्जुन तरामु,रबिलाल रोका र हेमन्द्र घर्तिलाई जिम्मेबारी दिइएको छ ।

मोर्चाका अध्यक्ष निलबहादुर पुनको अध्यक्षता,महासचि अर्जुन तरामुको संचालनमा भएको बैठक उद्घाटन गर्दै बैठकलाई क्रान्तिकारी माओवादी स्थायी समिति सदस्य रामसिंह श्रीस,पोलिटव्यूरो सदस्य केबी गुरुङले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर