काठमाडौ, मंसिर ६ । गएराती भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । ना ४ ख ८१८२ नम्बरको टिपरले बा ९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त ठिमीले जनाएको छ ।
तीब्र गतिमा आएको टिपरले बालकोट हुँदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका मगर सवार मोटरसाईकललाई बालकोटको मेरिगोल्ड ईङ्गलिस स्कुल अगाडि ठक्कर दिएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा आएको टिपरले बालकोटतर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दियो, मोटरसाइकल लडेको देखेपछि टिपरले ब्याक गरेर फेरि किच्यो । प्रहरीले टिपर र टिपर चालकलाई भगाएको आरोप समेत प्रत्यक्षदर्शीको छ । प्रहरीले टिपर चालकलाई पक्राउ गरेपछि भगाएको स्थानीयले दावी गरेका छन् ।
स्थानीयले टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दा बालकोट केहीबेर तनाबग्रस्त समेत बनेको थियो । प्रहरीले भने टिपर चालक फरार रहेकाले खोजी कार्य भईरहेको जनाएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर