काठमाडौं । वाइड बडी विमान खरिद तथा सञ्चालनम निकै ठूलो भ्रस्टाचार भएको भनेर प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई यस भ्रस्टाचारलाई यथाशिघ्र छानबिनको दायरामा ल्याउन आग्रह गरेको छ । हालसम्म चूप लागेर बसेको प्रतपक्षीले देशमा भएको अनियमितताको बारेमा आवाज उठाएको यो पहिलो हो । वाम सरकाले ९ महिनासम्म शासन चलाउँदा सुदुरपश्चिमकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको विषयमा बोलेको कांग्रेस यो विषय बाहेक अरु विषयमा धेरै बोलेको पनि थिएन ।
पेशागत उडानका हिसाबले नेपाल वायु सेवा निगम निकै जोखिममा रहेको छ । यसले एक त अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानहरु खरिद र परिचालन गर्न सकेको छैन । अर्को कुरा, खरिद गरिएको वाइड बोडी विमान ग्राउन्डेड अवस्थामा छ ।
भर्खरै मात्र २४ अर्बमा खरिद गरिएका दुईवटा वाइड बडी विमानहरु हाल भारत, पाकिस्तानको उडानमा सीमित भएका छन् । खाडी देशहरु र युरोपलाई लक्षित गरी किनिएका यी विमानहरु असुरक्षाको कारण देखाउँदै उडान अनुमति नदिएपछि वार्षिक २४ अर्बको घाटामा यी विमानहरु रहेका छन् ।