रुसलाई इन्टरपोलको चुनावमा हराउन लबिङ

रुसलाई इन्टरपोलको चुनावमा हराउन लबिङ

काठमाडौं । आइतवारदेखि दुबईमा चलिरहेको अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को ८७औं महासभा चलिरहेको छ । यो महासभामा इन्टरपोलको आगामी कर्यकालका लागि नेतृत्व पनि चयन गरिने छ ।

चलिरहेको महासभामा विश्वका १९५ देशका १,००० जति प्रतिनिधिहरुले भाग लिइरहेका छन् । त्यसमा ४० जना मन्त्रीहरु र ८५ जना प्रहरी अधिकृतहरु सहभागी रहेका छन् । बताइएको छ । इन्टरपोल विश्वमा बढ्दै गएको संगठित अपराध नियन्त्रणका लागि आवश्यक भएको भन्दै यसका लागि थप एकतावद्धता र सहकार्यमा जोड दिइएको थियो ।

यसका पूर्व अध्यक्ष मिङहोङ ओइले चीनमा गिरफ्तार भएपछि उक्त पदबाट राजीनामा दिएका थिए । अहिले अध्यक्षका लागि कडा प्रतिस्पर्धा भइरहेको छ र अमेरिका तथा युरोपीय देशहरुले इन्टरपोलका रसियन उम्मेदवारलाई हराउन कडा लबिङ गरिरहेका छन् ।