परासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा–११ बडेरा भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
ना ५ ख १०९६ नं.को धनगढीबाट काकडभिट्टा जाँदै गरेको रात्री बस बुधबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३० जना यात्रु घाइते छन् ।
मृत्यु हुनेमा कञ्चनपुर घर भएका ३३ वर्षीय नेपाली सेनाका जवान लोकेन्द्रबहादुर कार्की र अर्का मृतक अन्दाजी ३५÷४० का पुरुषको नाम खुल्न सकेको छैन ।
घाइते भएकाहरुको बुटवलस्थित जेनस अस्पताल र लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सडक किनारबाट करिव २० मिटर तल खसेको बस के कति कारणले दुर्घटना भएको हो भन्ने एकिन नभइसकेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।