काठमाडौं । नेपाल मलेसियाबीचमा श्रम संझौता गरिएको तीन हप्ता बितिसके पनि उक्त संझौताको कार्यान्वयन हुन भने सकेको छैन । कोलम्बो प्रोसेसका मान्यताहरुलाई अंगीकार गरी गरिएको भनिएको उक्त संझौता कामदारहरुको हितमा रहेको र म्यानपावरहरुो ठगीबाट बच्ने खालको रहेको भनी निकै प्रचार गरिएको थियो ।
तर लामो समयको पर्खाइमा रहँदा पनि कार्यान्वयनमा नआउँदा भने यो संझौता अब शंकाको घेरामा पर्न थालेको छ । विज्ञहरुले भन्न थालेको छन् कि दुईदेशबीच गरिएको एमओयु कार्यान्वयनको प्रक्रियामा लगिनु पर्छ । कामदरहरु अब विना ढिलाइ पठाइन सुरु गर्नुपर्छ ।
तर सरकारी पक्ष भने आफ्नो बचाउमा लागेको छ । सरकारी पक्षका अनुसार हतारमा केही प्रक्रिया अघि बढाएर गल्ती गर्नु भन्दा ढिलै भएपनि सोच समझका साथ पाइला चाल्नु राम्रो हुने छ । संझौता भइ सकेकाले बाँकी काम प्रक्रिया मिलाउन मात्र रहेको दाबी पनि गरेको छ ।
नेपाल मलेसियाबीच एम्ओयुमा हस्ताक्षर भएको अबधिदेखि हालका तीन हप्तासम्म १२,००० नेपालीहरुले मलेसियाली कामदारका रुपमा भिसा लिएर उडानको प्रतिक्षामा बसिरहेका छन् ।