काठमाडौं । यमनको हुदैदा बन्दरगाहमा फेरि लडाइँ सुरु भएको छ । करीब साढे ३ वर्षदेखि चलेको गृहयुद्ध रोक्न त्यहाँ केही दिनदेखि वार्ता चलिरहेको थियो । तर उक्त वार्ता साउदी अरेबियाली सेनाहरुको सहयोगमा लडिरहेका यमनी सेनाहरुले सोमवार अचानक विद्रोहीहरुमाथि धावा बोलेपछि फेरि भंग हुन गएको छ ।
वारम्बारको शान्ति वार्ताको असफल प्रयासहरु पनि थुप्रै भएका हुन् । तर ती सबैले शान्तिको परिणामसम्म नपुर्याएकाले यमन युद्धको धुँवामुनि छ, त्यो पनि साउदी अरबको सैन्य उपस्थितिसहित । सादी अरबले सन् २०१५ देखि वा सुरुदेखि नै अमेरिकाको गोलीगट्ठा र हतियारको सहयोग लिएर त्यहाँ सैन्य हस्तक्षेप निरन्तर जारी राखेको छ । अहिले आएर अमेरिका र अरब त्यहाँबाट पछि हट्न मानिरहेका छैनन् ।
यो संकट गहिरिँदै जाने संकेत देखेपछि संयुक्त राष्ट्रसंघको संघीय सुरक्ष फौजका बीचमा यसबारेमा हल्का बहस चलाइएको बताइएको छ । तर अमेरिकाकै प्रत्यक्ष डिजाइनमा यो सबै भएकाले संयुक्त राष्ट्र संघको केही लाग्ने देखिएको छैन ।
आन्तरिक रुपमा हेर्यौं भने त्यहाँ रहेका हदी र हुदी दुई समुदायबीच केन्द्रीय सत्ता कब्जाका लागि सन् २०१५ देखि गृहयुद्ध चलिरहेको छ ।