वैज्ञानिक समाजवाद स्थापनाका लागि काल्पनिक समाजवादविरूद्ध मार्क्स–एङ्गेल्सको सङ्घर्ष

वैज्ञानिक समाजवाद स्थापनाका लागि काल्पनिक समाजवादविरूद्ध मार्क्स–एङ्गेल्सको सङ्घर्ष

काल्पनिक समाजवाद भनेको पूर्व मार्क्सवादी समाजवादको प्रमुख धारालाई वर्णन गर्नका लागि प्रयोग गरिएका शव्द हो । यो धारा १८औं शताब्दीको अन्त्य र १९औं शताब्दीको पहिलो आधामा उत्पत्ति र विशिष्ट विकास भयो । काल्पनिकहरू भन्ने शब्द (कल्पनाको विचारबाट ल्याइएको थियो, जसको अर्थ समाज परिवर्तनको अनुमान थियो, जहाँ प्रत्येक कुरा पूर्ण हुन्छ र ‘समाजवाद’ पहिलो पटक १८३० को दशकमा लोकप्रिय बने । तिनीहरू विचारकहरूको एउटा समूहवारे वर्णन गर्न प्रयोग गरियो, जसले मानव स्वभावमा प्राप्त व्यक्तिवाद, स्वार्थिपन र प्रतिष्पर्धात्मक हटाएर एउटा बढता समानतावादी आधारमा समाज रूपान्तरण गर्ने सिद्धान्त विकास गरे ।

ती चिन्तकहरू धेरै अथवा तिनीहरूका अनुयायीहरूले आदर्श समुदायहरू जहाँ सबै सदस्यहरूले सहकारीको आधारमा काम गर्दथे, बस्दथे र उनीहरूको कामको फलहरू बाँडफाँड गर्दथे । तिनीहरूले विश्वास गर्दथे कि यस्ता आदर्श समुदायहरूले उदाहरण प्रस्तुत गर्ने छन् ताकि समाजमा बाँकीले अनि त्यसलाई अनुसरण गर्ने छन् । तिनीहरूले यसरी समाजवादको आफ्नो योजना निर्माण गर्नका लागि समाजमा वास्तविक प्रक्रियाहरूमाथि भर परेनन् ।

यसको अलवा तिनीहरूले सोंचेकी तिनीहरूका योजनाहरू र विचारहरूको वैज्ञानिक व्याख्या आफैमा जनतालाई बुझाउन र समाज परिवर्तन गर्न प्रयाप्त थियो । काल्पनिक समाजवाद पुँजीवाद अन्तरगत मजदुर वर्गको उत्पीडन र शोषणको पहिलो सर्वोत्तम प्रतिक्रिया थियो । गरिखाने जनताले सामन्तवादलाई फ्याँक्नका लागि ज्यादै कठिन लडाइँ लडेका थिए । तैपनि पुँजीपतिहरूको स्वतन्त्रता, समानता र भाइचाराका नाराहरूको अर्थ स्वतन्त्रता केबल पुँजीपति वर्गका लागि थियो र गरिखानेहरू माथिको शोषणलाई अझ घनिभूत गराउनु थियो । विभिन्न समाजवादी मान्यताहरू पुँजीपतिहरू र मजदुरहरूबीच उत्पन्न भइरहेको अन्तरविरोधहरूको परिणाम शोषण विरूद्धको एउटा विद्रोहका रूपमा उत्पन्न भएका थिए । तिनीहरूले यस्तो प्रणाली निर्माणका लागि प्रयास गरे, जसले शोषितहरूलाई न्याय दिलाउन सक्दथ्यो ।

नयाँ समाजवादी सिद्धान्तहरूका लागि पुँजीवादी उत्पादनको अराजकता अर्को एउटा कारण थियो । काल्पनिक समाजवादीहरूले वुद्धिसंगत प्रणाली निर्माण गर्ने प्रयास गरे, जसले सद्व्यवहार र सौहाद्रपूर्ण तरिकाले मानवजातीका आवश्यकताहरूलाई पूरा गर्न सक्दथे । तिनीहरूमध्ये केहीले त पुँजीपतिहरू र सरकारी अधिकारीहरूलाई सम्झाउन कोशिस पनि गरे कि उनीहरूको समाजवादी प्रणालीहरू जहाँ ज्यादा बुद्धिसंगत र योजनावद्ध र त्यसकारणले भइरहेका पुँजीवादी प्रणालीभन्दा अनुकुल थियो । तिनीहरूले उनीहरूको परियोजनाहरूलाई धनीहरूबाट पैसा लिन यसरी पनि कोशिस गरे ।

पूर्व मार्क्सवादी समाजवादीहरु, जसलाई काल्पनिक समाजवादी भनिन्छन्, तिनीहरुका मान्यताहरूको प्रमुख खराबी यो थियो कि तिनीहरूसँग समाजमा बाहिर नआएका वर्ग अन्तरविरोधहरू र वर्ग सङ्घर्षहरूमा वास्तविक रूपले आधारित थिएन् । यद्धपि तिनीहरूका विचारहरू समाजभित्रका वर्ग सङघर्षहरूका आफैमा उत्पादन थिए । काल्पनिक समाजवादीहरूले त्यसलाई महशुस गरेनन् कि समाजवाद प्राप्त गर्नका लागि वर्गसङघर्ष पूर्णत आवश्यक थियो । तापनि उनीहरूका विचारहरू सही मानेमा बालक सर्वहाराको उत्कट चाहनाहरूको एउटा परावर्तन थियो, काल्पनिक समाजवादीहरूले समाजवाद ल्याउनमा सर्वहाराको क्रान्तिकारी भूमिकाको केन्द्रीय महत्व स्विकार गरेनन् ।

जव मार्क्स र एङ्गेल्स समाजवादी कम्युनिष्ट समूहहरूसँग सम्पर्कमा आउनु भयो, उहाँहरूले काल्पनिक समाजवादका अनुयायीहरूलाई उनीहरूका विचारहरूको असान्दर्भिकताका बारेमा सम्झाउने कोशिस सुरू गर्नु भयो । उहाँहरूले विभिन्न क्रान्तिकारी र मजदुर वर्ग समूहहरूमा चल्ने बहस, छलफलमा निरन्तर गहन रूपले भाग लिदै जानु भयो, जहाँ ती सिद्धान्तहरू र विचारहरू बहस र छलफल गरिने गरिन्थ्यो । उहाँहरूको प्रमुख लक्ष्य समाजवादी सिद्धान्तलाई वैज्ञानिक आधार दिनु थियो । यसका लागि उहाँहरूले पहिलेका समाजवादीहरूका खराबीहरू र गलत सोंचाइहरूलाई भण्डाफोर गर्दै खुलस्त पार्नु थियो र समाजवादलाई वर्गसङ्घर्षको मार्क्सवादी सिद्धान्तको ठोस आधारमा स्थापित गर्नु थियो ।

किनभने मार्क्सले आफैले वर्गसङ्घर्षको सिद्धान्त आफूद्वारा कुनै नयाँ चीज पत्ता लगाइएको थिएन भनेर बताइसक्नु भएको थियो । वास्तवमा पहिलेका समाजवादीहरू र पुँजीवादी लेखकहरू समेत यसबारे धेरै सचेत थिए र वर्गसङ्घर्ष र वर्गहरूवारे उनीहरूले निकै लेखेका थिए । ता पनि वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको अत्यावश्यक फरक यो हो कि यसले (वर्गसङघर्षले)े समाजवाद र साम्यवादतर्फ अनिवार्यत लैजान्छ ।

मार्क्सले देखाउनु भयो कि प्रथम कुरा त वर्गहरू यस्ता चीज होइनन्, जो मानव समाजमा सधैभरि अस्तित्वमा छन् । उहाँले देखाउनु भयो कि मानव इतिहासमा एउटा लामो अवधि थियो । जब त्यहाँ कुनै पनि वर्गहरू थिएनन् (आदिम साम्यवादको अवधिमा) भविष्यमा पनि एउटा अवधि हुनेछ, जब त्यहाँ फेरि वर्गहरू हुने छैनन् । दोस्रो, माक्र्सले खासगरी वर्तमानको सर्वहारा र पुँजीपतिबीचको सङघर्षको विश्लेषण गर्नु भयो र देखाउनु भयो कि कसरी यो वर्गसङ्घर्षले मजदुरद्वारा क्रान्तितर्फ अनिवार्य रूपले लैजाने छ र सर्वहारा वर्गको अधिनायकत्व, त्यो भनेको समाजवादको स्थापना गर्ने छ । तेस्रो, मार्क्सले देखाउनु भयो कि यो सर्वहारा वर्गको अधिनायकत्व आफैमा संक्रमणको एउटा अवधि थियो । सर्वहाराले एउटा वर्गका रूपमा आफैलाई र सबै वर्गहरूलाई ध्वस्त पारेर एउटा वर्गविहीन समाज जसलाई साम्यवाद भनिन्छ, को स्थापना गर्दै विकास गर्न सक्ने छ ।

वर्गसङघर्षको यो सिद्धान्त हो जसलाई मार्क्स र एङ्गेल्सले विकास गर्नु भयो, प्रचारप्रसार गर्नु भयो र आफ्नो जीवनभर व्यवहारमा लागु गर्नु भयो । वर्गसङघर्षको यो नै मार्क्सवादी सिद्धान्त हो जसले समाजवादलाई विज्ञानमा बदलि दियो, जसले वैज्ञानिक समाजवादको आधार बसाल्यो । यसले गर्दा समाजवाद लामो समयसम्म केही चलाख दिमागको उपजको रूपमा हेरिएन् बरू यो सर्वहारा र पुँजीपति –यी दुई ऐतिहासिक रूपले विकसित वर्गहरूबीच सङघर्षको अत्यावश्यक उपलब्धि भयो । वैज्ञानिक समाजवादको कारणले समाजवादीहरूको कर्तब्य काल्पनिक समाजवादीहरूले जे गर्न कोशिस गरेका थिए, त्यस्तै समाजको एकदमै पूर्ण, हार्मोनियस र तर्कसंगत प्रणालीको विकास गर्नका लागि कोशिस सिवाय केही थिएन । वैज्ञानिक समाजवाद अन्तरगत समाजको विश्लेषण गर्नु, इतिहासको र समाजका वर्ग अन्तर विरोधहरूको विश्लेषण गर्नु थियो । यो आर्थिक आधारबाट सबै वर्गीय विवादको अन्त्य गर्ने मार्ग पत्ता लगाउनु थियो र समाजवाद र साम्यवाद ल्याउनु थियो ।

मार्क्सवादी समाजवादी सिद्धान्तको वैज्ञानिक स्पष्टता यति महान् थियो कि १८४०को दशकका विभिन्न समाजवादी र कम्युनिष्ट संगठनहरुमा बहुसंख्यक इमान्दार तत्वहरूले तुरून्तै पूर्व मार्क्सवादी समाजवादको वर्गहीन विभिन्नताहरूलाई इन्कार गर्यो । मार्क्स र एङ्गेल्स छिट्टै समाजवादी आन्दोलनभित्रका वैज्ञानिक नेताहरू बन्नु भयो । जव १८४७ मा विभिन्न देशहरूका मजदुरहरू, बुद्धिजीवीहरू र क्रान्तिकारी समाजवादी समूहहरूलाई एकत्रित गर्दै एउटा नयाँ अन्तराष्ट्रिय संगठनको गठनमार्फत् उहाँहरू तुरून्तै यसका नेताहरू हुनु भयो । उहाँहरूले यसको नाम ‘द कम्युनिष्ट लिग’ भनेर सुझाव गर्नु भयो र उहाँहरूले नै यसको कार्यक्रम ड्राफ्ट गर्नका लागि उक्त समूहले उहाँहरूलाई नै नियुक्त गर्यो । यो कार्यक्रम नै विश्वको ऐतिहासिक कम्युनिष्ट घोषणापत्र हो ।

कम्युनिष्ट घोषणापत्र अन्तर्राष्ट्रिय सर्वहाराको पहिलो कायक्रम र सामान्य लाइनमात्रै थिएन्, यसले वैज्ञानिक समाजवादको आधारभूत सिद्धान्तहरू र समाजवादका सबै अन्य प्रकारका पद्धति स्थापित गर्यो । यसको विभिन्न भाषाहरूमा छिटो अनुवादसंगै घोषणापत्रले तुरून्तै युरोपभर र अनि विश्वभर मार्क्सवादी वैज्ञानिक समाजवादका आधारभूत विचारहरूलाई फैलायो । यो दस्तावेजमा उल्लेख गरिएका सिद्धान्तहरू १७० वर्षभन्दा बढी आजका दिनसम्मका लागि सान्दर्भिक रहेका छन् ।

वैज्ञानिक समाजवादको स्थापनाका लागि काल्पनिक समाजवाद विरूद्धको मार्क्स–एङ्गेल्सको सङ्घर्षको यो एतिहासिकताले क्रान्तिकारी मार्क्सवादीहरुका लागि कति महत्व राख्दछ, स्पष्ट हुन्छ ।