वैज्ञानिक समाजवाद स्थापनाका लागि काल्पनिक समाजवादविरूद्ध मार्क्स–एङ्गेल्सको सङ्घर्ष

प्रकाशित मिति : २०७५ मंसिर २

- हुकुमबहादुर सिंह

काल्पनिक समाजवाद भनेको पूर्व मार्क्सवादी समाजवादको प्रमुख धारालाई वर्णन गर्नका लागि प्रयोग गरिएका शव्द हो । यो धारा १८औं शताब्दीको अन्त्य र १९औं शताब्दीको पहिलो आधामा उत्पत्ति र विशिष्ट विकास भयो । काल्पनिकहरू भन्ने शब्द (कल्पनाको विचारबाट ल्याइएको थियो, जसको अर्थ समाज परिवर्तनको अनुमान थियो, जहाँ प्रत्येक कुरा पूर्ण हुन्छ र ‘समाजवाद’ पहिलो पटक १८३० को दशकमा लोकप्रिय बने । तिनीहरू विचारकहरूको एउटा समूहवारे वर्णन गर्न प्रयोग गरियो, जसले मानव स्वभावमा प्राप्त व्यक्तिवाद, स्वार्थिपन र प्रतिष्पर्धात्मक हटाएर एउटा बढता समानतावादी आधारमा समाज रूपान्तरण गर्ने सिद्धान्त विकास गरे ।

ती चिन्तकहरू धेरै अथवा तिनीहरूका अनुयायीहरूले आदर्श समुदायहरू जहाँ सबै सदस्यहरूले सहकारीको आधारमा काम गर्दथे, बस्दथे र उनीहरूको कामको फलहरू बाँडफाँड गर्दथे । तिनीहरूले विश्वास गर्दथे कि यस्ता आदर्श समुदायहरूले उदाहरण प्रस्तुत गर्ने छन् ताकि समाजमा बाँकीले अनि त्यसलाई अनुसरण गर्ने छन् । तिनीहरूले यसरी समाजवादको आफ्नो योजना निर्माण गर्नका लागि समाजमा वास्तविक प्रक्रियाहरूमाथि भर परेनन् ।

यसको अलवा तिनीहरूले सोंचेकी तिनीहरूका योजनाहरू र विचारहरूको वैज्ञानिक व्याख्या आफैमा जनतालाई बुझाउन र समाज परिवर्तन गर्न प्रयाप्त थियो । काल्पनिक समाजवाद पुँजीवाद अन्तरगत मजदुर वर्गको उत्पीडन र शोषणको पहिलो सर्वोत्तम प्रतिक्रिया थियो । गरिखाने जनताले सामन्तवादलाई फ्याँक्नका लागि ज्यादै कठिन लडाइँ लडेका थिए । तैपनि पुँजीपतिहरूको स्वतन्त्रता, समानता र भाइचाराका नाराहरूको अर्थ स्वतन्त्रता केबल पुँजीपति वर्गका लागि थियो र गरिखानेहरू माथिको शोषणलाई अझ घनिभूत गराउनु थियो । विभिन्न समाजवादी मान्यताहरू पुँजीपतिहरू र मजदुरहरूबीच उत्पन्न भइरहेको अन्तरविरोधहरूको परिणाम शोषण विरूद्धको एउटा विद्रोहका रूपमा उत्पन्न भएका थिए । तिनीहरूले यस्तो प्रणाली निर्माणका लागि प्रयास गरे, जसले शोषितहरूलाई न्याय दिलाउन सक्दथ्यो ।

नयाँ समाजवादी सिद्धान्तहरूका लागि पुँजीवादी उत्पादनको अराजकता अर्को एउटा कारण थियो । काल्पनिक समाजवादीहरूले वुद्धिसंगत प्रणाली निर्माण गर्ने प्रयास गरे, जसले सद्व्यवहार र सौहाद्रपूर्ण तरिकाले मानवजातीका आवश्यकताहरूलाई पूरा गर्न सक्दथे । तिनीहरूमध्ये केहीले त पुँजीपतिहरू र सरकारी अधिकारीहरूलाई सम्झाउन कोशिस पनि गरे कि उनीहरूको समाजवादी प्रणालीहरू जहाँ ज्यादा बुद्धिसंगत र योजनावद्ध र त्यसकारणले भइरहेका पुँजीवादी प्रणालीभन्दा अनुकुल थियो । तिनीहरूले उनीहरूको परियोजनाहरूलाई धनीहरूबाट पैसा लिन यसरी पनि कोशिस गरे ।

पूर्व मार्क्सवादी समाजवादीहरु, जसलाई काल्पनिक समाजवादी भनिन्छन्, तिनीहरुका मान्यताहरूको प्रमुख खराबी यो थियो कि तिनीहरूसँग समाजमा बाहिर नआएका वर्ग अन्तरविरोधहरू र वर्ग सङ्घर्षहरूमा वास्तविक रूपले आधारित थिएन् । यद्धपि तिनीहरूका विचारहरू समाजभित्रका वर्ग सङघर्षहरूका आफैमा उत्पादन थिए । काल्पनिक समाजवादीहरूले त्यसलाई महशुस गरेनन् कि समाजवाद प्राप्त गर्नका लागि वर्गसङघर्ष पूर्णत आवश्यक थियो । तापनि उनीहरूका विचारहरू सही मानेमा बालक सर्वहाराको उत्कट चाहनाहरूको एउटा परावर्तन थियो, काल्पनिक समाजवादीहरूले समाजवाद ल्याउनमा सर्वहाराको क्रान्तिकारी भूमिकाको केन्द्रीय महत्व स्विकार गरेनन् ।

जव मार्क्स र एङ्गेल्स समाजवादी कम्युनिष्ट समूहहरूसँग सम्पर्कमा आउनु भयो, उहाँहरूले काल्पनिक समाजवादका अनुयायीहरूलाई उनीहरूका विचारहरूको असान्दर्भिकताका बारेमा सम्झाउने कोशिस सुरू गर्नु भयो । उहाँहरूले विभिन्न क्रान्तिकारी र मजदुर वर्ग समूहहरूमा चल्ने बहस, छलफलमा निरन्तर गहन रूपले भाग लिदै जानु भयो, जहाँ ती सिद्धान्तहरू र विचारहरू बहस र छलफल गरिने गरिन्थ्यो । उहाँहरूको प्रमुख लक्ष्य समाजवादी सिद्धान्तलाई वैज्ञानिक आधार दिनु थियो । यसका लागि उहाँहरूले पहिलेका समाजवादीहरूका खराबीहरू र गलत सोंचाइहरूलाई भण्डाफोर गर्दै खुलस्त पार्नु थियो र समाजवादलाई वर्गसङ्घर्षको मार्क्सवादी सिद्धान्तको ठोस आधारमा स्थापित गर्नु थियो ।

किनभने मार्क्सले आफैले वर्गसङ्घर्षको सिद्धान्त आफूद्वारा कुनै नयाँ चीज पत्ता लगाइएको थिएन भनेर बताइसक्नु भएको थियो । वास्तवमा पहिलेका समाजवादीहरू र पुँजीवादी लेखकहरू समेत यसबारे धेरै सचेत थिए र वर्गसङ्घर्ष र वर्गहरूवारे उनीहरूले निकै लेखेका थिए । ता पनि वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको अत्यावश्यक फरक यो हो कि यसले (वर्गसङघर्षले)े समाजवाद र साम्यवादतर्फ अनिवार्यत लैजान्छ ।

मार्क्सले देखाउनु भयो कि प्रथम कुरा त वर्गहरू यस्ता चीज होइनन्, जो मानव समाजमा सधैभरि अस्तित्वमा छन् । उहाँले देखाउनु भयो कि मानव इतिहासमा एउटा लामो अवधि थियो । जब त्यहाँ कुनै पनि वर्गहरू थिएनन् (आदिम साम्यवादको अवधिमा) भविष्यमा पनि एउटा अवधि हुनेछ, जब त्यहाँ फेरि वर्गहरू हुने छैनन् । दोस्रो, माक्र्सले खासगरी वर्तमानको सर्वहारा र पुँजीपतिबीचको सङघर्षको विश्लेषण गर्नु भयो र देखाउनु भयो कि कसरी यो वर्गसङ्घर्षले मजदुरद्वारा क्रान्तितर्फ अनिवार्य रूपले लैजाने छ र सर्वहारा वर्गको अधिनायकत्व, त्यो भनेको समाजवादको स्थापना गर्ने छ । तेस्रो, मार्क्सले देखाउनु भयो कि यो सर्वहारा वर्गको अधिनायकत्व आफैमा संक्रमणको एउटा अवधि थियो । सर्वहाराले एउटा वर्गका रूपमा आफैलाई र सबै वर्गहरूलाई ध्वस्त पारेर एउटा वर्गविहीन समाज जसलाई साम्यवाद भनिन्छ, को स्थापना गर्दै विकास गर्न सक्ने छ ।

वर्गसङघर्षको यो सिद्धान्त हो जसलाई मार्क्स र एङ्गेल्सले विकास गर्नु भयो, प्रचारप्रसार गर्नु भयो र आफ्नो जीवनभर व्यवहारमा लागु गर्नु भयो । वर्गसङघर्षको यो नै मार्क्सवादी सिद्धान्त हो जसले समाजवादलाई विज्ञानमा बदलि दियो, जसले वैज्ञानिक समाजवादको आधार बसाल्यो । यसले गर्दा समाजवाद लामो समयसम्म केही चलाख दिमागको उपजको रूपमा हेरिएन् बरू यो सर्वहारा र पुँजीपति –यी दुई ऐतिहासिक रूपले विकसित वर्गहरूबीच सङघर्षको अत्यावश्यक उपलब्धि भयो । वैज्ञानिक समाजवादको कारणले समाजवादीहरूको कर्तब्य काल्पनिक समाजवादीहरूले जे गर्न कोशिस गरेका थिए, त्यस्तै समाजको एकदमै पूर्ण, हार्मोनियस र तर्कसंगत प्रणालीको विकास गर्नका लागि कोशिस सिवाय केही थिएन । वैज्ञानिक समाजवाद अन्तरगत समाजको विश्लेषण गर्नु, इतिहासको र समाजका वर्ग अन्तर विरोधहरूको विश्लेषण गर्नु थियो । यो आर्थिक आधारबाट सबै वर्गीय विवादको अन्त्य गर्ने मार्ग पत्ता लगाउनु थियो र समाजवाद र साम्यवाद ल्याउनु थियो ।

मार्क्सवादी समाजवादी सिद्धान्तको वैज्ञानिक स्पष्टता यति महान् थियो कि १८४०को दशकका विभिन्न समाजवादी र कम्युनिष्ट संगठनहरुमा बहुसंख्यक इमान्दार तत्वहरूले तुरून्तै पूर्व मार्क्सवादी समाजवादको वर्गहीन विभिन्नताहरूलाई इन्कार गर्यो । मार्क्स र एङ्गेल्स छिट्टै समाजवादी आन्दोलनभित्रका वैज्ञानिक नेताहरू बन्नु भयो । जव १८४७ मा विभिन्न देशहरूका मजदुरहरू, बुद्धिजीवीहरू र क्रान्तिकारी समाजवादी समूहहरूलाई एकत्रित गर्दै एउटा नयाँ अन्तराष्ट्रिय संगठनको गठनमार्फत् उहाँहरू तुरून्तै यसका नेताहरू हुनु भयो । उहाँहरूले यसको नाम ‘द कम्युनिष्ट लिग’ भनेर सुझाव गर्नु भयो र उहाँहरूले नै यसको कार्यक्रम ड्राफ्ट गर्नका लागि उक्त समूहले उहाँहरूलाई नै नियुक्त गर्यो । यो कार्यक्रम नै विश्वको ऐतिहासिक कम्युनिष्ट घोषणापत्र हो ।

कम्युनिष्ट घोषणापत्र अन्तर्राष्ट्रिय सर्वहाराको पहिलो कायक्रम र सामान्य लाइनमात्रै थिएन्, यसले वैज्ञानिक समाजवादको आधारभूत सिद्धान्तहरू र समाजवादका सबै अन्य प्रकारका पद्धति स्थापित गर्यो । यसको विभिन्न भाषाहरूमा छिटो अनुवादसंगै घोषणापत्रले तुरून्तै युरोपभर र अनि विश्वभर मार्क्सवादी वैज्ञानिक समाजवादका आधारभूत विचारहरूलाई फैलायो । यो दस्तावेजमा उल्लेख गरिएका सिद्धान्तहरू १७० वर्षभन्दा बढी आजका दिनसम्मका लागि सान्दर्भिक रहेका छन् ।

वैज्ञानिक समाजवादको स्थापनाका लागि काल्पनिक समाजवाद विरूद्धको मार्क्स–एङ्गेल्सको सङ्घर्षको यो एतिहासिकताले क्रान्तिकारी मार्क्सवादीहरुका लागि कति महत्व राख्दछ, स्पष्ट हुन्छ ।