
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा सरकारी निकायहरुलाई सूचना लुकाउन निर्देशन दिने गरेका छन् । ‘सरकारका सूचनाहरु लिएर पत्रकारहरुले आफूहरुलाई अप्ठेरो पार्ने गरिरहेको’ गुनासो गर्दै आएका प्रम ओलीले पछिल्लो पटक सूचना लुकाउनका लागि गोप्य निर्देशन प्रवाह गरिरहेका छन् ।
विरामी परेर अस्पताल भर्नाभई कार्यकक्षमा फर्किए लगत्तै उनले यस्ता निर्देशनहरु दिने गरेका छन् । आफू पनि बोलेर पो पीठो बिक्छ भन्ने धारणा पालेका ओली आजभोलि चूपचाप रहेका छन् ।
एकपटक विरोध प्रदर्शनका स्थालहरुमाथि बन्देज लगाउने, विरोध र गुनासााका मुख थुन्न खोज्ने, निषेधाज्ञा जारी गर्ने र प्रहरी लगाएर तह लगाउने, भए नभएको हावादारी प्रचार गर्ने, आफूमा भएका अज्ञानताले संसार बोध गराउँछ भन्ने, तिमीहरु पनि दुई तिहाई लिएर देखाउ न त भनेर अहंकार पोख्ने गरेका प्रम ओली र उनको सरकार हाल किंकर्तव्य बिमुढको अवस्थामा छ । हल्लाले तह लगाउने भन्ने अज्ञानता अहिले ‘होस्ल्याङ’ भएको छ ।
एउटाले भएन भनेर अर्को तुरुप खेल्न माहिर ओली दाहाल अहिले सूचना लुकाने खेलमा तल्लिन रहेका छन् । सूचनाको हकबाट जनतालाई बञ्चित गरेर सरकार चलाउन सकिन्छ भन्ने सोच यिनीहरुमा पल्हाएको देखिन्छ । तर जनता भने सरकारले संरक्षण गरेको माफियाकरण, भ्रष्टाचार, तस्करी, कमिसनखोरी तथा अप्रजातान्त्रिक हर्कतहरुको जवाफ वा स्पष्टीकरण मागिरहेको छन् । ।
यस्तो बेलामा सूचना लुकाउन प्रम ओलीद्वारा गरिएको निर्देशनलाई एक खरनाक तुरुपका रुपमा जनताले लिन थालेका छन् ।