‘वाइड बडी’ बिमान भित्रिएपछि धराशायी हुँदै निगम

प्रकाशित मिति : २०७५ कार्तिक ३०

काठमाडौं । पेशागत उडानका हिसाबले नेपाल वायु सेवा निगम निकै जोखिममा रहेको छ । यसले एक त अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानहरु खरिद र परिचालन गर्न सकेको छैन । अर्को कुरा, खरिद गरिएको वाइड बोडी विमान ग्राउन्डेड अवस्थामा छ ।

भर्खरै मात्र २४ अर्बमा खरिद गरिएका दुईवटा वाइड बडी विमानहरु हाल भारत, पाकिस्तानको उडानमा सीमित भएका छन् । खाडी देशहरु र युरोपलाई लक्षित गरी किनिएका यी विमानहरु असुरक्षाको कारण देखाउँदै उडान अनुमति नदिएपछि वार्षिक २४ अर्बको घाटामा यी विमानहरु रहेका छन् ।

महंगो ऋण लिएर किनिएका यी विमानहरुको वायुसेवा निगमले वार्षिक ब्याजमात्र २ अर्ब ५६ करोड बुझाउने गरेको छ । यो नेपालको राजस्वमा हुने प्रत्यक्ष घाटा हो र र्वाािक बजेटमा हुने घाटा पनि ।

वाइड बडी विमानको उडान क्षेत्र तथा यसको संभाव्यताको समेत् अध्ययन नगरी देशको राजस्व खर्च गर्नतिर मात्र लाग्नु हात चाट्नका लागि त होइन भन्ने गम्भीर प्रश्न बन्न पुगेको छ । यसमा पर्यटन मन्त्री तथा निगमको कार्यकारीको संलग्नताबारे निकै कुराहरु चर्चामा आइरहेका छन् ।

यसको प्रष्टिकरण दिंदै पर्यटन मन्त्री रवीन्द्र अधिकारीले यसो भएको भेटिएममा आफूले राजनीतिबाटै सन्यास लिने बताउँदै आएका छन् ।