काठमाडौं । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा कालो मोतीको रुपमा चिनिएको अलंैचीले बजार भाउ नपाउँदा किसानहरु निकै मारमा परेका छन् । वर्षभरिको सबै समय लगानी खर्चेर गरिएको उत्पादनले बजार नपाएपछि उनीहरु निराश पनि भएका छन् ।

हार्दिक शुभकामना !

अलैचीको स्थानीय भन्दा पनि अन्तर्राष्ट्रिय बजार हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारका कारण किसाहरुको पहुँच नपुग्ने र यसका लागि सरकारी पहल पनि नहुने भएकाले यो समस्या आइपरेको किसानहरुको गुनासो छ । उनीहरु हरेक वर्ष विचौलियाको फुक्का बोलीको भर पर्नु पर्दछ । न त लिखित संझौता हुन्छ, न त सहमति नै । यति मात्र होइन, जोखिमका बेला हात थापिदिने सरकारी निकाय पनि छैन ।

किसानहरुको न त स्टोर गर्ने आधुनिक स्टोरहरु छन्, न त पैसा तिरेर भए पनि भण्डारण गर्न सकिने अलैंची भण्डारण कक्षहरुको सरकारी सुविधा नै छ । अर्कोतिर विचौलियाहरुको सिण्डिकेट छ । उनीहरु नै बजार भाउ तोक्ने र बार्गेनिङ गर्ने गर्दछन् । उजुरीका लागि कुनै आधिकारिक निकाय पनि छैन ।

सरकारले त्यति ठूलो नगदे कृषि उत्पादनको बारेमा कुनै चासो पनि लिएको छैन । कसैले यसको प्रवद्र्धनका नाममा खेलेका एनजीओहरु र दुईचारवटा कक्षाहरु सञ्चालन गर्ने बाहेक केही पनि काम भएको छैन । किसानहरुलाई केही घण्टे ओंठे तालिम दिइन्छ । त्यो न त व्यवहारिक छ, न त प्रयोगात्मक नै ।

आधुनिक भट्टी बनाउने, अलैची सुकाउने, क्वालिटी ल्याउने आदि जस्ता कुराहरु निकै चर्को रुपमा गरे पनि व्यवहारिकता भने शुन्य जस्तै छ । अर्कोतिर भारतको र भारतका व्यापारीहहरुको नेपाली किसानमारा सोच र प्रवृत्तिले ननिकै हानी पुर्याउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर