क्रान्तिकारी माओवादी बर्दियाको सेक्रेटरीमा भूकम्प

प्रकाशित मिति : २०७५ कार्तिक २८

बर्दिया । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का बर्दिया जिल्लाको चौथो जिल्ला कमिटिको बैठकले जिल्ला सेक्रेटरीमा दिलबहादुर कठायत‘भुकम्प’लाई चयन गरेको छ । कार्तिक २६ गते जिल्लाको मधुवन नपाको लालि बजारमा बुेको बैठकले पूर्व जिल्ला सचिव लोकेशको राजीनामा स्वीकृत गर्दै रिक्त स्थानमा भुकम्पलाई चयन गरेको हो । पार्टी केस तथा बाँके–बर्दिया इन्चार्ज संकुलको विशेष उपस्थितिमा सम्पन्न बैठकले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।