डा. दुर्गा थापा बनिन् पहिलो महिला एआइजी

डा. दुर्गा थापा बनिन् पहिलो महिला एआइजी

कामठाडौं । नेपाल प्रहरीको पहिलो महिला एजाइजीमा डा. दुर्गा थापा बढुवा भएकी छिन् । स्थापनाको ६३ वर्षपछि नेपाल प्रहरीमा महिलालाई पहिलोपटक विशिष्ट श्रेणीमा बढुवा गरिएको छ । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन् ।
डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाइदिएका छन् ।
आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । एआइजीका रूपमा अब उनीले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नेछिन् । यसअघि नेपाल प्रहरीमा डिआइजी पदसम्म मात्र महिला पुगेका थिए । पार्वती थापा र विमला थापा सात वर्षअघि डिआइजीमा बढुवा भएका थिए ।
उनीहरूको अवकाश सोही पदबाटै भएको थियो । उनीहरूलाई विशेष पद सिर्जना गरेर डिआइजी बनाइएको थियो ।