बिगेसोको देउसी भैलो कार्यक्रम सम्पन्न

बिगेसोको देउसी भैलो कार्यक्रम सम्पन्न

बिगेसोको पाँच दिने देउसीभैलो कार्यक्रम नखीपोटको मिलनचोकमा आइतवार भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष तथा बिगेसोका सभापति पदमसुन्दर लिम्बुले उक्त कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको बताएका छन् । उनले यो कार्यक्रमले बिगेसोलाई भावनात्मक र सांस्कृतिक माध्यमबाट जनताका बीचमा पुर्याउन सहयोग गरेको बताएका थिए ।

नखिपोटको मिलन चोकमा राती १०.० बजे समापन भएको देउसी भैलोका प्रमुख अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी) का नेता परि थापाले संगठनलाई जनताका बीचमा स्थापित गर्न संस्कृतिको माध्यमलाई रोज्नु आफैमा रोचक र आकर्षक दुवै भएको कुरामाथि प्रकाश पारेका थिए । भोकप्यासको वास्ता नगरी पाँच दिनसम्म लगातार देउसी भैलोमा खटेका सबै सहभागीहरुलाई हार्दिक धन्यवाद पनि दिएका थिए ।

देउसी भैलोको सुरुदेखि समापन समारोहसम्म अहोरात्र खटेका अतिथिहरु, सहभागीहरु, कलाकार साथीहरु सबैलाई धन्यवाद दिंदै काठमाडौं उपत्यकाका तीनै जिल्लाका जनता तथा सहभागी सबैलाई कार्यक्रमका अध्यक्ष पदम लिम्बुले हार्दिक आभारसमेत् व्यक्त गरेका थिए ।
कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार तथा देउसीभैलो कला संयोजक मनु नेम्वाङ , कलाकार विसाल योञ्जन, देशु सुहाङ आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चलचित्र कर्मीहरु, राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्राप्त डाइरेक्टर तथा पत्रकार चन्द्र वाम्बुले, डाइरेक्टर सोमनाथ भट्टराई, चलचित्र निर्मात्री खेजु राई, डिल्ली बोहरा, विद्यार्थी नेता शिलुु न्यौपाने रहेका थिए । अन्य अतिथिहरुमा क्रान्तिकारी माओवादीका नेता सीताराम तामाङ, नेता नगेन्द्र राई र वकिल फणिन्द कार्की रहेका थिए ।

देउसीभैलो कार्यक्रम बेलायतमा पनि भव्यताका साथ खेलेर मनाइएको विगेसोका सभापति पदमसुन्दर लिम्बुले बताएका छन् ।