
तपाई जगतबहादुर श्रेष्ठ नागरिक अभिनन्दन मूल समितिको संयोजक हुनुहुन्छ । जगतबहादुर श्रेष्ठको नागरिक अभिनन्दन गर्नुपर्ने कारण के हो ?
जगतबहादुर श्रेष्ठ साह्रै ठूला देशभक्त र सादा जीवन उच्च विचारका एक उदाहरणीय र अनुकरणीय व्यक्तित्व हुनुहुन्छ । अविछिन्न रुपले कम्युनिष्ट पार्टीमा रहँदै असजिलो अवस्थामा समेत अविचलित रुपले आन्दोलनलाई सहयोग गर्दै आउनु भएको छ ।
तपाईले जगतबहादुर श्रेष्ठ नेपाल कम्युनिष्ट आन्दोलनको अविचलित योद्धा र निष्ठा आदर्शको धरोहर भन्नुभयो, नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँको ऐतिहासिक भूमिकाको बारेमा संक्षिप्त भनिदिनुस् न ?
मैले जानेअनुसार २००८ सालदेखि नै उहाँमा कम्युनिष्टको प्रभाव प¥यो । २०११ सालमा कम्युनिष्ट पार्टीको उम्मेदवार बन्नुभयो । उहाँको चुनावी बुथ मुच्चोकमा स्वयम् पुष्पलाल प्रतिनिधि बस्नुभयो । त्यस्तै मसिल बुथमा अर्का हस्ती कृष्णलाल प्रधान प्रतिनिधि बस्नुभयो । गोरखा जिल्लामा विद्यार्थी संगठन र भकारी फोर आन्दोलनमा सक्रिय रहनुभयो । २०१६ सालमा चितवन झरेपछि सुरुमा शिक्षक त्यसपछि सानोतिनो श्रम र पुस्तक पसल मुग्लिङ रोडमा निर्माणको काम पनि गर्नुभयो । गौरीभक्त प्रधान र पुण्यप्रताप राणाहरुसँग काम गर्दैजाँदा केन्द्रमा भाँडभैलो भएको कारणले ‘ननसेन्टर कमिटीको संस्थापक सदस्य बन्नुभएपछि ननसेन्टर कमिटी केन्द्रीय न्यूक्लसमा विलय भयो । केन्द्रीय न्यूल्कसले चौथो महाधिवेशन ग¥यो । फेरि भाँडभैलो भयो । माओवादीको जनम भयो । माओवादी युद्धताका उहाँको ठूलो भूमिका रह्यो । चौथो महाधिवेशन र त्यसपछि माओवादी युद्धकालमा धन्नै देशका सबै जिल्लाको सम्पर्क व्यक्ति बन्नुभयो । फेरि भाँडभैलो भयो । हाल मोहन वैद्य ‘किरण’ को नेतृत्वमा रहेको क्रान्तिकारी माओवादीको केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।
तपाईको जगतबहादुर श्रेष्ठसँगको राजनीतिक सहकार्य कहिले र कसरी सुरुभयो ?
अखिल नेपाल विद्यार्थी फेडरेशन गोरखा जिल्लाको पहिलो अधिवेशन २०११ साल वैशाखमा उत्तर गोरखाको स्वारागाउँमा भएको थियो । जौबारीबाट जगतबहादुर श्रेष्ठ र शक्ति विद्यालय पोखरीथोकबाट म प्रतिनिधि थियौं । ४ दिनको त्यहाँको बसाइमा उहाँको सरल स्वभावले मलाई ठूलो छाप पा¥यो । आखिरी दिनमा मलाई पखाला लाग्यो, जगतबहादुर श्रेष्ठ र शिवभक्त श्रेष्ठले गाउँले औषधीमूलो गरी निको पार्नुभयो । उहाँ उत्तर गोरखाको उम्मेदवार हुँदा म उत्तरतर्फ मेरो प्रभाव भएका संगठन गरेका र नातागोता भएका गाउँहरुमा मोती वाणाको साथमा चुनाव प्रचार गर्थे ।
जगतबहादुर श्रेष्ठ राजनीति सँगसँगै साहित्यमा पनि उत्तिकै सक्रिय पात्र हुनुहुन्छ । साहित्यमा उहाँको लगनशीलताको बारेमा बताइदिनुहुन्छ कि ?
मैले स्वारागाउँको अधिवेशनबारे भनिसकेंं गरमागरम बहस हुँदा सबै साथीहरु थकित जस्ता हुन्थे । अनि बीच–बीचमा नाचगान गीत कविता प्रस्तुत गरिन्थ्यो । अरु सबै मैले बिर्सिसके जगतबहादुर श्रेष्ठले मीठो स्वरमा झ्याउरे भाकामा गाउनुभएको ‘नरोउन न्याउली चरी तिम्लाई भन्दा झन् मलाई उराठी’ को गीत गाउँदा हाउसले दोहो¥याउन अनुरोध गथ्र्याे । धेरै पत्रपत्रिकामा अनेकौं लेखरचना अहिले पनि लेख्नुहुन्छ । कविता संग्रहका २–३ पुस्तक पनि छन् । जे–जति लेखहरु छन् । सबै देशभक्तिपूर्ण छन् । जब उहाँ लेख्न कलम हातमा लिनुहुन्छ अनि देशभक्तिका शब्दहरु निक्लन थाल्छन् ।

ननसेन्टर कमिटीमा जगतबहादुर श्रेष्ठको भूमिका बताइदिनुस् ?
मैले पहिले नै संकेत गरिसकेको छु जतिखेर ननसेन्टर कमिटी गठन भयो, त्यतिखेर चितवनमा ५ वटा जिल्ला कमिटी थिए । सबैले आफूलाई आधिकारिक पार्टीको दाबी गर्थे । त्यस्तो अवस्थामा गठन भएको ननसेन्टर कमिटीले राम्रै संगठन ग¥यो । शिक्षा क्षेत्रमा आनन्ददेव भट्ट, स्वास्थ्य क्षेत्रमा डा. मथुराप्रसाद श्रेष्ठ, बजार क्षेत्रमा जगतबहादुर श्रेष्ठ, गाउँले क्षेत्रमा यमुनाप्रसाद न्यौपानेको कामको जिम्मा थियो । सदरमुकामको काम र बजारको किनमेल र राजनीतिक सम्पर्कस्थल जगतबहादुर श्रेष्ठ नै भएकाले उहाँलाई नै बढी बोझ पथ्र्याे ।
ननसेन्टर कमिटी र चितवनको कम्युनिष्ट आन्दोलनको सम्बन्ध कस्तो रह्यो ?
यसबारेमा पनि मैले कही भनिसकेको छु । पाँचवटा त जिल्ला कमिटी थिए, राम्रो सम्बन्ध हुने त कुरै भएन । तर ननसेन्टर कमिटीको संगठन राम्रो थियो । जिल्लाभरिका शिक्षक र विद्यार्थी कुनै न कुनै रुपले वीरेन्द्र कलेजका प्रिन्सिपल आनन्ददेव भट्टसँग सम्बन्धित हुन्थे, बजार क्षेत्र जगतबहादुरले हेर्ने हुँदा गाउँलेहरुलाई उहाँको आवश्यक पथ्र्याे । म आफू चाहीं गाउँघरमा बढी नै सेल कमिटीहरु गठन गर्थे । जब ननसेन्टर कमिटी केन्द्रीय न्यूक्लसमा समाहित भयो । त्यसपछि त्यो बेलामा झापाली पार्टीबाट ठूलो चुनौती आयो । तर अरु त्यसै सेलाए ननसेन्टर कमिटी केन्द्रीय न्यूक्लस र चौथो महाधिवेशनसम्म आउँदा झापाली पार्टीसँग तीव्र प्रतिस्पर्धा रह्यो ।
ननसेन्टर कमिटी र केन्द्रीय न्यूक्लससमेतको नेतृत्वमा रहेका जगतबहादुर श्रेष्ठ किन बनारसमा भएको चौथो महाधिवेशनमा प्रतिनिधिमा पर्नु भएन ?
जगतबहादुर श्रेष्ठ एक सरल स्वभावका कर्ममा विश्वास गर्ने नेतृत्वमा कुनै महत्वाकाङ्क्षा नराख्ने व्यक्ति हुनुहुन्छ । केन्द्रले कसरी प्रतिनिधि चयन ग¥यो, मलाई थाह भएन । खम्बसिंह कुँवर, नरबहादुर खाँड, विष्णु घिमिरे आधिकारिक प्रतिनिधि र यमुनाप्रसाद न्यौपाने मताधिकार नभएको पर्यवेक्षकको रुपमा भाग लिने गरी खबर भयो । मेरो अलि मूल्यांकन भएन भनेर होइन, बिरामी भएकोले म पनि गइन । त्यहाँ भाग लिनको लागि नामांकन नभएकोमा जगतबहादुर श्रेष्ठलाई कुनै किसिमको कुण्ठा भएन ।
चौथो महाधिवेशनदेखि आजसम्म आउँदा उहाँको राजनीतिलाई कसरी हेर्नुहुन्छ ?
उहाँको राजनीतिको मुख्य पाटो देशभक्तितर्फ छ । पार्टी, नेता जब राष्ट्रियतामा अलिकति पनि गल्ती गर्छन्, अनि उहाँमा विरोधको ज्वाला उठ्छ । नेपालको भूगोल र नेपाली जनता उहाँका लागि साह्रै प्रिय छन् । यसको रक्षा क्रान्तिकारीले मात्र गर्छन् भन्ने उहाँमा दृढ विश्वास छ । यो नब्बे वर्षको उमेरमा पनि यही चिन्तनधारामा चुर्लुम्म हुनुहुन्छ, शक्तिशाली क्रान्तिकारी पार्टी हुनै पर्छ भन्नेमा दृढ हुनुहुन्छ ।
कतिपयले नागरिक अभिनन्दनलाई व्यक्ति पूजासँग पनि जोडेर हेरेको पाइन्छ, यस विषयमा तपाईलाई कस्तो लाग्छ ?
आहा क्या राम्रो प्रश्न गर्नुभयो । कसैले व्यक्तिपूजा भन्छन् भने उहाँहरुलाई धन्यवाद दिनुपर्छ । देश र जनताको हित हेतु क्रान्तिकारी पार्टीमा लाग्नु देशभक्तिपूर्ण उच्छवास प्रकट गर्ने देशभरिका जुनसुकै ठाउँका जोसुकै भए पनि सकेदेखि खोजी–खोजी पूजा गर्नुपर्छ ।
प्रस्तुति : अशोक शर्मा




























