काठमाडौं । फ्रान्सेली राष्ट्रपति इम्म्यानुअल म्याक्रोंको पहलकदमीमा भइरहेको पहिलो विश्वयुद्धको संझनाको रमिते भेटघाटको पर्दाभित्र विश्वको त्रिकोणात्मक शक्ति केन्द्रहरुको धुमिल चित्र क्रमशः नजिकिइरहेको छ । विश्वका शीर्ष नेताहरु वा राष्ट्र प्रमुखहरुको पेरिसमा भइरहेको आउजाउ र तिनका भावभंगिमालाई नियाल्दा अब समाजवादी रसियाकालिन वा बीसौं शताब्दीको शीतयुद्धकालिन ह्याङओभरको छिट्टै अन्त्य हुँदै छ ।

हार्दिक शुभकामना !

यसको संकेत मात्र होइन, सोच र तदनुरुपका क्रिया प्रतिक्रियाहरु २१ औं शताब्दीको बिहानीसँगैको पूर्वाद्धमा सार्वजनिक हुन थालेका छन् । द्वितीय विश्वयुद्धको बेला दुई फरक मोर्चाबाट लडेका फ्रान्स र जर्मन अहिले आएर प्रथम विश्वयुद्धको स्मरण गर्दै १०० वर्षपछि एक ठाउँमा देखिएका छन् । यो घटनाले अमेरिका र युरोपबीच भित्रभित्र सल्किइरहेको भूसको आगोलाई क्रमशः बाहिर ल्याइदिन थालेको छ । यो सन्दर्भमा इम्म्यानुअल म्याक्रो र ट्रम्पबीचको युरोपले छुट्टै सेना निर्माण गर्ने तीतो विवाद मात्र होइन, अब बनाइने युरोपको संयुक्त सेनाले अमेरिका, रुस र चीनका विरुद्ध लड्ने म्याक्रोंको अभिव्यक्तिले सत्य सतहमा ल्याउँदै छ ।

यसका साथै भित्रभित्र सल्लाह गरेर प्रथम विश्वयुद्धको निहु पारेर ट्रम्प, पुटिन र सि फ्रान्समा भेट हुँदै छन् । विश्वका ७० जनाभन्दा बढी राजनेताहरु र राष्ट्रप्रमुखहरुको यो रङ्गीन जमघटमा भेटघाट र अन्तरसंवाद हुने ठेगान गरिएको छ । फ्रान्समा रहेको एक अज्ञात सैनिकहरुको सामुहिक चिहानमा श्रद्धान्जलीका लागि ती सबै नेताहरु पुग्ने छन् । ती सबैले स्मृति पुस्तिकामा हस्ताक्षर पनि गर्ने छन् । यसमा सन् १९१८ को विश्वयुद्धको अन्त्य भनेर लेखिएको हनेछ ।

यसको पूर्व तयारीका लागि जर्मन चान्सलर मार्केल र फ्रान्सेली राष्ट्रपति म्याक्रोंले रेल चढेर एकअर्कालाई स्वागत अभिवादनका साथै एकताबद्धताको संकेत पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर