फाइल फाेटाे

गाईघाट । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका– ६ बेल्टारबजारमा आइतबार दिउँसो आगलागी हुँदा करिब २२ लाख बराबरको क्षति हुन पुगेको छ । स्थानीय सुवास राईको घरमा आगलागी हुँदा घर गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय बेलटारका अनुसार अनुसार आगलागीबाट राईको काठको दुई तले घर र सँगै जोडिएको गोठ, लत्ताकपडा, धनमाला जलेर नष्ट भएको छ ।

हार्दिक शुभकामना !

मध्यान्नबाट सुरु भएको आगो त्रियुगा र चौदण्डिगढी नगरपालिकाको दमकलको प्रयोग, स्थानीयबासी र प्रहरीको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर