कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय महेन्द्रनगरमा अनिश्चितकालीन धर्ना सुरु भएको छ । नागरिक संघर्ष समितिले आइतबार ¥यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेको हो ।

हार्दिक शुभकामना !

निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा (रातदिन) नै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले बताएको छ । निर्मला पन्तका बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनीसमेत दिएका छन् । अनिश्चितकालीन धर्ना दिने र धर्नापछि पनि हत्यारा पत्ता लगाएर सार्वजनिक नगरे परिवार नै आमरण अनसनमा बस्ने पन्तले बताएका छन् । सरकारले छानविनमाथि छानविन आयोग बनाएर घटनाको अनुसन्धान गरिरहेको भएपनि यतिका दिन वितिसक्दा समेत पन्तका वास्तविक बलात्कारी र हत्यारा पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर