क्रान्तिकारी माओवादीले क्रान्तिकारी मार्क्सवादको रक्षा र विकास गर्दै नेपाली क्रान्तिलाई उचाइमा लैजाने उद्देश्यले यही कार्तिक ११ देखि १७ गतेसम्म पार्टी कार्यालयमा आवासिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । यो साँचो अर्थमा मार्क्सवादलाई बुझने र बुझाउने सवालमा एउटा कोशे ढूङगा साबित हुने निश्चित छ । क्रान्तिकारी माओवादीले उसको केन्द्रीय स्कूल विभागमार्फत् यो कार्यक्रम चलाएर आफ्ना नेता तथा कार्यकर्तामध्ये केही ९करीब ३०जना० लाई मार्क्सवादको सिकाइसम्बन्धी प्रशिक्षक बनाएर देशभरि यसलाई प्रभावकारी रुपले सञ्चान गर्ने निर्णय गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै नेकपा ९क्रान्तिकारी माओवादी० का महासचिव क। किरणले भन्नु भयो– “मार्क्सवादलाई पढेर बुझ्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्दछु ।” यसले के स्पष्ट पार्दछ भने मार्क्सवाद नपढी मार्क्सवादी हौं भन्दै हिंडनेहरु सही मानेमा मार्क्सवादी होइनन् । साथै, थप के पनि हो भने मार्क्सवादाई गलत पढाउनेहरु पनि सही मार्क्सवादी प्रशिक्षक होइनन् । अहिले मार्क्सवाद नपढी मार्क्सवादी बन्ने र मार्क्सवादलाई सर्वहारा वर्गको मुक्तिको हतियारबाट अलग गरी पुँजीपतिको लागि शोषणको हतियारमा परिवर्तन गर्न चाहनेहरुले प्रशिक्षण दिंदै जानेको बलियो जमात छ । यिनीहरुले प्रशिक्षक बनेर आर्थिक उपार्जन गर्दछन् र गरिहेका छन् ।
उदाहरणका लागि अहिले नेपालमा मार्क्सको २०० वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । त्यसमा अहिलेको नेकपा विभिन्न समूहहरु र मोहनविक्रमको मसाल मिलेर विभिन्न प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, सेमिनार, प्रकाशन आदि गरिरहेका छन् । यो उनीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिरहेका छन् । तर ती सबै पार्टीका नेता तथा कार्यकर्ताका लागि आम्दानीको स्रोत र विदेश भ्रमणको लागि उपयुक्त माध्यम बनेका छन् । पार्टीका नेताहरुलाई स्रोत व्यत्तिका रुपमा मनग्य आर्थिक सहयोग र कार्यकर्ताहरुलाई नेपालका महङगा होटलमा खान र बस्नको व्यवस्था आदि छ तर ती सबैमा न त मार्क्सवादको सिद्धान्त विचारलाई सर्वहरावर्गको मुक्तिसित जोडिन्छ न त मार्क्सवादको मूल आधार सर्वहाराको लागि आवश्यक ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, न सर्वहारावर्गको अधिनायकत्व, न क्रान्तिमा बल प्रयोगको आवश्यकता र सिद्धान्तआदिवारे बहस, छलफल र अन्तरक्रिया नै हुन्छ ।
अहिले पार्टी स्कुलिङ्गलाई गैह्रक्रान्तिकारी प्रशिक्षकहरु, कहिले काही त मार्क्सवादविरोधी–नेपाली कांग्रेस, राप्रपा तथा अन्य साम्राज्यवादी समर्थक प्रशिक्षक ल्याएर पार्टी स्कुलिङ्ग सञ्चालन गर्न थालिएको छ । मार्क्सवादका तीन संघटक अङ्गहरुमा स्कुलिङ्गलाई केन्द्रित नगरी संशोधनवादी देशी तथा विदेशी प्रशिक्षकलाई डलरमा भत्ता तथा फि दिएर स्कुलिङ चलाउन थालेका उदाहरणहरु पनि प्रशस्त बढदै छन् ।
यसरी मार्क्सवादलाई सर्वहारा र गरीब किसनका हितमा नभई पुँजीपति वर्ग त्यो पनि यो युगको एकाधिकार दलाल पुँजीपतिवर्गको हितमा कसरी प्रयोग गर्ने गरी दिइने प्रशिक्षण, गोष्ठी, अन्तरक्रिया र विदेश भ्रमणको नेपाली क्रान्तिका लागि कुनै पनि सकारात्मक प्रयोजन छैन ।
यसै सन्दर्भमा क। किरणले नेपालका विद्यमान कम्युनिष्टहरुको चरित्र र उनको वर्गीय पक्षधरताबारे सटिक रुपमा भनेका निम्न भनाइहरुले महत्व राख्छन् र मार्क्सवादको नाममा मार्क्सवादी स्कुलिङ चलाउने र सही मानेमा मार्क्सवादलाई नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यको लक्ष्य प्राप्त गर्ने कुरा आकाश जमिनको फरक छ, वर्गीय रुपले नै कसले कसको सेवा गर्दैछन् भन्ने स्पष्ट पार्दछ ।
आफ्नो विश्लेषणमा उहाँले यसरी राख्नु भएको छ– “राजनीतिक, वैचारिक तथा सैद्धान्तिक पक्षका हिसाबले यिनीहरुलाई समग्र निम्न भागमा बाँड्न सकिन्छ, पहिलो घोर दक्षिणपन्थी नवप्रतिक्रियावादी तथा स्वघोषित कम्युनिस्टहरुः जसले आफूलाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भन्दछन्, तर व्यवहारमा उनीहरु पूरै दक्षिणपन्थी नवप्रतिक्रियावादी लाइनमा गइसकेका छन् र अहिले सरकारमा छन् । दोस्रो, मोहनविक्रम सिंह नेतृत्वको नेकपा ९मसाल०, जसले अहिले मध्यपन्थी मार्ग अपनाएको छ र आफूलाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र अन्य क्रान्तिकारी बीचमा पेन्डुलम बनाएको छ । कुरा र लेखहरुमा क्रान्तिकारी, तर व्यवहारमा घोर दक्षिणपन्थी नवप्रतिक्रियावादी तथा स्वघोषित कम्युनिस्टहरुसित मित्रतापूर्ण सम्बन्ध कायमै राख्न खोज्ने ।
मौका परे त्यही दक्षिणपन्थी नवप्रतिक्रियावादी तथा स्वघोषित कम्युनिस्टहरुको सरकारमा पनि जान चाहने, तर बाहिर तिनीहरुको विरोध पनि गरे झैं गर्ने र क्रान्तिका कुरा पनि गर्ने, जसको भूमिका मध्यपन्थी देखिन्छ । र, तेस्रोमा मार्क्सवाद नै पुरानो भयो भनेर मार्क्सवादको सारतत्वमाथि हमला गर्दै नयाँ मार्क्सवादी जलप दिनखोज्ने नव वा उत्तर मार्क्सवादी रमेश सुनुवारहरुको स्कुलिङ रहेको छ । यसले रुपमा जाँदा कम्युनिस्ट पार्टीको क्लास दिने, तर वर्गीय पार्टी र वर्गीय पक्षधरता सिद्धिएको भनेर मार्क्सवादी सारतत्वमाथि हमला गर्ने र यसलाई भ्रष्टिकरण गर्ने गर्दै आएको छ ।’’
क्रान्तिको पक्षमा रुपान्तरणका लागि एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफनो पार्टीभित्र निरन्तर चलाउनु पर्ने स्कुलिङ्गको कति महत्व छ भन्ने कुरा आफैमा स्पष्ट छ ।