पद्मरत्न तुलाधरको अन्त्येष्टि : अब मात्र संझनामा

पद्मरत्न तुलाधरको अन्त्येष्टि : अब मात्र संझनामा

काठमाडौं । काडमाडौंको नर्भिक अस्पतालमा आइतबार निधन भएका वामपन्थी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको सोमबार राजकीय सम्मानका साथ शोभा भगवतीमा अन्त्येष्टि गरिएको छ । शोभा भगवतीमा तुलाधरबन्धूहरुको परंपरागत घाट रहिआएको छ । तुलाधरको आफ्नै नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टिका लागि लाजिम्पाटस्थित निवासबाट शवयात्रा सुरु गरी कमलाक्षी, असन, बांगेमुढा, असन हुँदै शोभाभगवती पुर्याइएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि लाजिम्पाटस्थित निवासमा पुगेका थिए । राजनीतिक पार्टीका नेता तथा पूर्व राष्ट्रप्रमुखहरु पनि उनलाई श्रद्धान्जली दिन त्यहाँ पुगेका थिए ।

मस्तिष्कघात भएपछि अस्पताल पुर्याइएका तुलाधरको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

स्वर्गीय तुलाधरको श्रीमती, दुई छोरा, दुई छोरीहरु छन् ।