डोल्पामा भएको जीप दुर्घटनामा परी १० जनाको मृत्यु

डोल्पामा भएको जीप दुर्घटनामा परी १० जनाको मृत्यु

डोल्पा । डोल्पामा भएको जीप दुर्घटना परी १० जनाको मृत्यु भएको छ । घटनास्थलबाट दुई जनाको जीवितै उद्दार गरिएको छ । सदरमुकाम दुनैबाट जुम्लातर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरीले जनाएको छ ।

जुम्लातर्फ यात्रु बोकेर जाँदै गरेको भे १ च १६१० नम्बरको जिपमा यात्रुको संख्या कति थियो भन्ने एकिन हुन नसकेको डोल्पा प्रहरीले जनाएको छ ।