तिहारका लागि तयार पारिएका खाने मसलामा चार गुणा वृद्धि गरिएको छ । यो तुलना पोहरको तिहार बजारसँग गरिएको हो । प्रति केजी मसला यो वर्ष ७०० रुपैयाँ बनाइएको छ । सरकार, विचौलिया र आयातकर्ताको मिलेमतोमा तिहारको मसलाको भाउ यति धेरै आकाशिन पुगेको हो ।

हार्दिक शुभकामना !

दसैंमा आकाशिइसकेको चिनीको भाउका बारेमा यो तिहारमा कसैले पनि कुरा उठाएका छैनन् । तथापि चिनी जुन आकाशमा पुगेको हो, त्यही भाउमा अडिएको छ । भनेर, बोलेर वा गुनासो पोखेर नेपालको बजारभाउ घटबढ हुँदैन । यो दलाल बजारयाहरुको नियन्त्रणमा छ । त्यसमा सरकारको प्रत्यक्ष संलग्नाले उनीहरुलाई बल र वैधानिकता दुवै प्रदान गरिरहेको हुन्छ । कसले छुन सक्नु ?

यो पटकको तिहार बजार पनि कमिसनको बजारमा रुपान्तरण भएको छ । किसमिस, काजु, गडी, छोरा, सुपारी, बदनाम, ओखर, मिठाइ आदि मिसाएर बेचिने यो मसलाको हाल बढेको मूल्यमा कमिसन, मुनाफा, लूट, विचौलिया, सरकार, व्यापारी, आयातकर्ता, कालोबजारी, तस्करी तथा माफियातन्त्र समेत मिसिएर आएको छ । त्यसैले यसको भाउ आकाशिन पुगेको हो ।

दसैंमा जस्तो सस्तो पसलहरु पनि यस पालाको तिहारमा चर्चामा ल्याइएका छैनन् । मसलामा जस्तै तस्कर तथा दलालहरुको मिसावट सजिलै हुने भएकाले पनि यो कुा चर्चामा नआएको होला । तर जनताले निकै घुरेर हेरिरहेका छन् कि यो वाम भनिने र जनताको भनिने सरकारले डरलाग्दो गरी महंगी किन बढाइहेको छ । यसले भेंडाको छाला ओढेर आएको जनताले देखिसकेका छन् । जनताले सरकार दलाल र तस्करहरुको हो भन्ने कुरा प्रस्ट बुझेका छन् ।

महंगी, भ्रस्टाचार, तस्करी, कालो बजारी र विचौलियाको बिगबिगिका कारणले यो पालाको तिहार त्यति उत्साहजनक र रमाइलो हुन गइरहेको छैन । त्यसो त दसैं पनि जनताले त्यति उत्साहका साथ मनाएनन् । एक त दसैंले दसा लगाउँछ भन्ने नेपाली उखान नै रहेको छ । तर दसैं र तिहारमा केही भिन्न र मौलिक विशिष्टताहरु भने रहेका छन् । त्यो भनेको दसैं ठूलाबडा शासकहरुले मनाएका हुनाले यो शासकीय हर्षबढाइँ हो भन्ने मनोवैज्ञानिक धारणा जनतामा रहिआएको छ । यसमा देशका राष्ट्रपति, प्रधानमन्त्रीहरुले के गरे र के गरिरहेको छन् भन्नेमा जनचासो जान्छ । तर तिहार जनताको बीचमा मनाइन्छ । यो बढी पारिवारिक हुन्छ । यसको आफ्नै जनशैली र तौर तरिकाहरु पनि हुन्छन् । यसमा सामुदायिक, जातिय तथा आञ्चलिक विविधता पनि पाइन्छ ।

सरकार र तस्कर तथा विचौलियाहरुको मिसावटपूर्ण महंगो मसलाले त जनताको मन अमिलो र नमिठो बनाएकै छ । तर अलि बढी पारिवारिक र आतमीय हुने भएकाले आफ्नो गच्छेअनुसार तयारीमा लागेका देखिन्छन् । तिहारमा बजारिया भन्दा स्थानीय सामानहरु र सामग्रीहरु बढी प्रयोगमा आउँछन् । त्यसैले पनि तस्करी र कालाबजारीले दसैं जत्तिको मार तिहारमा पार्न नसक्ला नै ।

प्रतिक्रिया

सम्बन्धित खवर