इरानमाथि अमेरिकी एकल प्रतिबन्ध

इरानमाथि अमेरिकी एकल प्रतिबन्ध

काठमाडौं । अमेरिकाले सोमवारदेखि लागु हुने गरी इराविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । यो प्रतिबन्ध मूलतः इरानले गर्ने तेल निर्यातमा रहेको छ । अमेरिकाले निहुँ आणविक अस्त्रको तर प्रतिवन्ध चाहीं तेल निर्यात रोक्नका लागि र इरानी जनतालाई दुःख दिनका लागि गरिरहेको छ ।

यसअघि नेटोको र भएसम्म रुस र चीनको समेत सहयोग लिएर नाकाबन्दी लगाउने अमरिका यसपटकको नाकाबन्दीमा भने एक्लिएको छ । अमेरिकाका सदाबहार साझेदार मानिएको युरोपियन युनियनले पनि यसपटकको इररानमाथिको अमेरिकी प्रतिबन्धमा खासै चासो देखाएको छैन । सधैं अमरिकाले घोषणा गर्ने र युरोपियन युनियन लगायतका यसका साझेदार देशहरु फड्के किनाराका साक्षी बसेर अनुमोदन गर्ने गरिरहेका थिए । तर यस पटकको नाकाबन्दी भने अमेरिकी बाहुबलमा मात्र आधारित छ ।

अमेरिकाले रुस र चीन माथि घोषणा गरेको नाकाबन्दी रुसको भोस्टोकमा विराट् सैन्य अभ्यासमा परिणत भएपछि इरानमाथिको यो अमेरिकी नाकाबन्दीले पनि हावाखाने निश्चित जस्तै भएको छ । रुस, चीन, भारत लगायतका ठूला औद्यौगिक देशहरुले इरानसँग गरिएको तेल संझौताअनुसार तेल आयातको कार्यमा कुनै पनि कटौती गर्ने छैनन् ।