काठमाडौं । सामान्य रुघाखोकीका कारण केही दिन आराम गर्न सल्लाह दिइएका प्रधानमन्त्री एक्कासी गम्भीर भएपछि सोमबार बिहान टिचिङ अस्पताल भर्ना गरिएको छ । उपाचारका लागि कार्डियोलोजी भास्कुलर सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्रीलाई भेट्न सरकारी मन्त्री, कर्मचारी तथा पार्टीका नेताहरु बिहानैदेखि टिचिङ अस्पताल पुगिरहेका छन् ।

हार्दिक शुभकामना !

कार्डियोलोजी भास्कुलर सेन्टरमा गरिने उपचार मुटु र फोक्सोसम्बन्धी भए पनि प्रम ओलीलाई सामान्य भाइरल भएको जनाइएको छ । यसअघि ओलीलाई खोकीले च्यापेको र खोक्दा केही समस्या बढेपछि छाती दुख्ने गरेको बताइएको थियो । अहिले टिचिङ अस्पतालको परिसरभित्र नेकपा नेताकार्यकर्ता तथा शुभेच्छुक जनताको उपस्थिति बाक्लिएको छ ।

स्वास्थ्यमा आएको खराबीका कारण प्रधानमन्त्री ओली नेकपाले शनिवार आयोजना गरेको चियापान समारोहमा सहभागी भएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर