काठमाडौं । कांग्रेस नेता चक्र बास्तोलाको मस्तिस्क घातका कारण शनिवार राती निधन भएको छ । शनिबार मध्यान्ह बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका वास्तोलालाई अस्पतालले ४.० बजे डिस्चार्ज गरेपछि खुमलटारस्थित आफ्नै निवास लगिएको थियो ।
लामो समयदेखि भेन्टिलेटरको सहयतामा बाँचेका बास्तोलालाई शनिवारदेखि मस्तिस्क घातले निकै नै च्यापेको थियो । लामो समयको उपचारका कारणले उनको टाउकोमा रगत र फोक्सो तथा अन्य भागहरुमा पानी जमेको थियो ।
बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा बााचिरहेका थिए । २०६९ मा विराटनगरमा आयोजित एक बन्धुभेलामा सहभागी रहेका बखत उनलाई ब्रेन अट्याक भएको थियो ।





























