काठमाडौं । कांग्रेस नेता चक्र बास्तोलाको अवस्था गम्भीर रहेको बताइएको छ । शनिबार मध्यान्ह बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएका वास्तोलालाई अस्पतालले ४.० बजे डिस्चार्ज गरेपछि उनलाई खुमलटारस्थित आफ्नै निवास लगिएको पारिवारिक सूत्रले जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार वास्तोलाको स्वास्थ्य ‘अवस्था निकै गम्भीर’ रहेको छ । बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए । २०६९ मा विराटनगरमा आयोजित एक बन्धुभेलामा सहभागी रहेका बखत उनलाई ब्रेन अट्याक भएको थियो ।