एस्पीसहित २६ जना प्रहरीमाथि सुक्ष्म छानबिन सुरु

काठमाडौं । भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान विस्तृत रुपमा गरिन थालिएको छ । यो आफैका सुक्ष्म तथा वृहद रहेको बताइएको छ । दोषी पत्ता नलागेपछि अनुसन्धानको प्रक्रियाको दायरालाई यसरी फराकिलो बनाइएको हो ।

गृहका सहसचिव हरि मैनालीको संयोजकत्वमा बनेको छानबिन कमिटीले दिएको प्रतिवेदन लगत्तै दायरा फराकिलो पारेर सुक्ष्म अध्ययनमा लगेको प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यहरुको सुक्ष्म अध्ययन गरिरहेको छ ।

अहिलेसम्म निकै अब्बल भूमिका निर्वाह गर्दै आएको प्रहरी अनुसन्धान निर्मलाको बलात्कार तथा हत्या प्रकरणमा भने निकै निकम्मा र निरीह रुपमा देखिन पुग्यो । यसले प्रहरी प्रशासनप्रतिको जनताको विश्वास त घटायो नै, उल्टै बहुमतको ओली सरकार प्रतिको जनताको आस्था र विश्वास लगभग शुन्यताको अवस्थामा पुर्यायो । यस्तो अवस्थामा दोषी पत्ता लगाएरै छाड्छौं भनेर प्रहरी प्रशासन भने निरन्तर लागिपरिरहेको छ ।

संयोजक बस्न्यात निर्मला र उनको घटनाआदि देखिजान्ने र सुनिजान्ने सबैसँग आवश्यक सूचना दिन र सहयोग गर्न खुलेर आग्रहसमेत गरेका छन् । यसले थालनी गरेको अनुसन्धानको कार्य गहिरिएर अघि बढिरहेको छ । समितिले निर्मला पन्तका परिवार, घटनास्थल, यसअघि घटनाका अभियुक्त बनाइएका दिलीपसिंह विष्टका परिवारसँग तथा स्थानीय जनतालाई समेत भेटघाट भेटघाट गरिसकेको छ ।

यससँगै एस्पी विष्टसहित २६ जना प्रहरीमाथि सुक्ष्म अनुसन्धान जारी राखिएको छ ।