काठमाडौं, असोज ३ । यहि असोजको १७ गतेदेखि २६ गतेसम्म मलेसियामा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिएको छ ।

प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो ।

हार्दिक शुभकामना !

मलेसियामा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्ड रहेका छन् । यस समूहबाट शीर्ष तीन टोली दोस्रो चरणमा पुग्ने छन् । समूह ‘ए’ बाट शीर्ष तीन टोलीको रूपमा यसअघि नै यूएई, कतार र कुवेत दोस्रो चरणमा पुगिसकेका छन् । दोस्रो चरणबाट शीर्ष तीन टोली ग्लोबल छनोटमा पुग्ने छन् ।

पारस खड्काको कप्तानीमा रहेको १८ सदस्यीय टोलीमा अनिलकुमार शाह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, शाहब आलम, शरद भेषवाकर, सोमपाल कामी र सुनील धमला रहेका छन् ।

एसिया कप छनोट खेल्ने क्रममा शरदको औंलामा चोट लागेपछि उनले उक्त प्रतियोगिता खेल्न सकेका थिएनन् । एसिया कप छनोट खेलेको टोलीबाट सुवास खकुरेल र रोहित पौडेललाई राखिएको छैन् । रोहितलाई सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म बंगलादेशमा हुने एसीसी यू–१९ एसिया कपका लागि नेपाली यू–१९ टोलीमा राखिएको नेपाली टोलीले जनाएको छ ।

ट्वान्टी–२० छनोटका लागि दिपेश, प्रदीप, सुनीललाई नेपाली टोलीको बन्द प्रशिक्षणमा ल्याइएको छ । त्यसमध्ये शाहबले अहिलेसम्म राष्ट्रिय टोलीबाट खेलेका छैनन् । अन्तिम सूचीमा १४ खेलाडीले स्थान पाउने छन् । बन्द प्रशिक्षण बिहीबार सुरु हुनेछ । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस रहेको छनोट समितिले खेलाडी छनोट गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार