काठमाडौं । अमेरिकाले चीनबाट आयात गरिने २०० अर्ब डलर बराबरको सामानमा व्यापार कर लगाउने निर्णय लिएपछि चीनले त्यसको प्रतिक्रियास्वरुप अमेरिकी आयातमा पनि व्यापार कर लगाउने निर्णय लिइससकेको छ । अमेरिकाले चिनियाँ सामानमा लगाएको यो करमा पहिले भनिए जस्तो नभई केवल १० प्रतिशत मात्र भएको बताइएको छ ।
अर्कोतिर अमेरिकाले चिनियाँ प्रतिनिधिलाई बोलाएर व्यापार सम्बन्धमा छलफल पनि गर्न थालेको छ । चीनले यो निमन्त्रणालाई सहर्ष स्वीकार पनि गरिसकेको छ ।
करको हानथापलाई लिएर विश्वका सञ्चार माध्यमहरुमा व्यापार युद्धको खतरा भनेर समेत प्रचार गरिए पनि । तर व्यापार युद्ध नभई महाशक्ति देशहरुले आफूअनुकुल व्यापार करको आकार र दायरा विस्तारमा लागेको बुझिन्छ । यसबारे केही भ्रमहरु सञ्चार बजारमा यत त जानेर ल्याइएको छन् या त भ्रमबस ।
केही सञ्चारमाध्यमहरुमा शीतयुद्धको बेला जस्तो गरी अमेरिकी–चिनियाँ व्यापार युद्धलाई चित्रित गर्न खोजिएको छ । यो गलत हो । चीन आफैमा खुला बजार अर्थतन्त्रको पक्षमा छ । बरु अमेरिका संरक्षणवादी अर्थतन्त्रको पक्षमा साँगुरिन पुगेको छ । त्यसैले व्यापारिक अन्तरविरोध समाजवादी र पुँजीवादीको बीचमा होइन, पुँजीवादी र सामाजिक पुँजीवादीको बीचमा हो ।
विश्व व्यापारको व्यापारिक चित्र र समीकरण त कस्तो पनि देखिन थालेको छ भने अमेरिका प्रत्यक्ष रुपमा चीन र रुससँग साझेदारी व्यापार गर्न चाहन्छ । किनकि अमेरिका युरोपीयन युनियनसँग निरन्तर साझेदारी गर्नाले घाटामा गएको र हालको संरक्षणवादी अर्थनीति अबलम्बन गर्ने अवस्थामा पुगेको निष्कर्ष नजिक पुगेका हुन सक्छन् ।
विगत पुनरावलोकनको यो अवस्थामा ट्रम्प निकै लचकता र तरलताका विश्वभर डुल्ने र कुद्ने गरिरहेका छन् ।